अनिज पत्रकार संघको महाधिवेशनलाई जनजाति संस्थाले सघाउने

Read Time:2 Minute, 32 Second

देब पचभैया, पोखरा १३ जेठ, यही जेठ २६ र २७ गते हुने नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ अनिजको पाचौं राष्ट्रिय महाधिवेशनको स्थानीय व्यवस्थापक अनिज कास्कीले आफ्नो तयारीलाई तीव्रता दिएको छ । पश्चिम क्षेत्रको महत्वपूर्ण केन्द्र पर्यटकीय नगरी पोखरामा हुने अनिजको महाधिवेशनका लागि अनिज कास्कीले यसअघि नै तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिसकेको महाधिवेशन व्यवस्थापन संयोजक एवम् अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिनुभयो ।
महाधिवेशनलाई सफल पार्नका लागि प्रचारप्रसार र आर्थिक अभियानलाई समेत तीव्रता दिइएको संयोजक तमुले जानकारी दिनुभएको छ । यही क्रममा कास्कीका विभिन्न आदिवासी जनजाति सङ्घसंस्थाहरूले अनिज महाधिवेशनलाई सफल पार्न आवश्यक आर्थिक सहयोग गर्ने समेत भएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीसंग आबद्ध ११ वटा विभिन्न आदिवासी जनजाति जातिय घटक संगठनहरूका अध्यक्ष र अनिज कास्कीको संयुक्त अन्तरक्रियात्मक छलफलका क्रममा जातिय घटक संगठनका अगुवाहरूले सहयोग गर्ने घोषणा गरेका समेत तमुले उल्लेख गर्नुभयो ।
यसैबीच, अनिज महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि अनिज कास्कीले आफ्ना सल्लाहकारहरूसाग बैठक समेत सम्पन्न गरेको छ । शनिबार सम्पन्न सल्लाहकारहरूसहितको बैठकले अनिज महाधिवेशनलाई भव्य बनाउन केही विशेष निर्णयहरू समेत गरेको छ । अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा सम्पन्न बैठकमा अधिवक्ता जुनाकुमारी तमु, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष राजबहादुर तमु, अनिज कास्कीका पूर्व सचिव एमबी आस्था मगरलगायतका सल्लाहकारहरूको उपस्थिति थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %