गोविन्द घर्ति रुपन्देही १० जेष्ठ, रुपन्देहीको करहियाको केउलानीमा संचालित सात दिने रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सम्पन्न भएको छ । आदिवासी जनजाति गाउं समन्वय समिति र नेपाल आदिवासी जनजाति महासंघ गाउं समन्वय परिषद् करहियाको संयुक्त आयोजनामा तालिम संचालन भएको हो । तालिमको समापन गदैं आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङले तालिममा सिकेका सीप व्यवहारमा उतारे मात्रैं तालिमको सार्थकता रहने बताउंनु भयो । आदिवासी जनजाति महासंघ, रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीले रेडियो उद्घोषण तथा पत्रकारीता तालिमहरु गाउं÷गाउमा दिनु पर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति पत्रकार मंच, रुपन्देहीका संयोजक टेकबहादुर मास्कीरानाले मिडियामा आदिवासी जनजातिको पहुंच हुंनु पर्ने खांचो औल्याउंनु भएको थियो । आदिवासी जनजाति गाउं समन्वय, समिति करहियाका उपाध्यक्ष खेमानसिंह गुरुङको अध्यक्षता,सदस्य काजीमान गुरुङको संचालन तथा सदस्य टेकबहादुर बलालको स्वागतमा भएको समापन कार्यक्रम करहिया गाविसका सचिव चुरामणी पाण्डे, आदिवासी जनजाति महासंघ, करहियाका अध्यक्ष शेरबहादुर गुरुङ, एमाओवादीका हेमन्त पाण्डे, प्रशिक्षक सपना गुरुङ, प्रशिक्षार्थीका तर्फबाट कुशुम पुन लगायतले बोल्नु भएको थियो । जेष्ठ ४ गतेबाट शुरु भएको तालिममा पत्रकार भरत प्रधान, सपना गुरुङ, प्रहरी निरीक्षक फुर्गेली शेर्पाले प्रशिक्षण दिनु भएको थियो ।
रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सम्पन्न
Read Time:2 Minute, 13 Second
