टोप अस्लामीलाई पितृशोक

Read Time:1 Minute, 37 Second

बुटवलवाट प्रकाशित साप्ताहिक राज्यसत्ता पत्रिकाका कार्यकारी सम्पादक, राष्ट्रिय जनमुक्ति पार्टिका संघीय परिषद स्थायी सदस्य एवं पार्टिका प्रचारप्रसार विभाग प्रमुख टोप असलामी मगरका बुबा पदमबहादुर अस्लामी मगरको श्वासप्रश्वास रोगले ७२ बर्षको उमेरमा २०७० जेठ ९ गते आफ्नै घर तेल्घा–४ पाल्पामा निधन भयो । उनको जन्म सोही ठाउँमा वि.स. १९९८ असोज १३ गते भएको थियो । मगर कर्मकाण्ड विधि अनुसार राम्दी नदिमा आजै सम्पन्न दाहसंस्कारमा सहभागि हुन बुटवलवाट राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य अशोक पुन मगर, सुर्य सारु मगर, नेपाल मगर संघ, जिल्ला समिति रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा मगर, राज्यसत्ता डट कमका प्रबन्ध निर्देशक हुमबहादुर थापा मगर, मगर चलचित्रकर्मी संघका महासचिव शंकर गाहा मगर, अनिज रुपन्देहिका अध्यक्ष मिलन गाहा मगर नेपाल मगर संघ, जिल्ला समिति रुपन्देही सदस्य ममता बुढाथोकी मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष गमबहादुर सारु मगर उपस्थित भएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %