नेपाल मगर संघका पुर्व केन्द्रीय अध्यक्ष खपाङ्गीको उपचारको लागि सहयोग गर्ने निर्णय

Read Time:2 Minute, 15 Second

गोविन्द घर्ति देवदह जेठ ५ । नेपाल मगर संघ रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले नेपाल मगर संघका पुर्व केन्द्रीय अध्यक्ष गोरे बहादुर खपाङ्गीको उपचारको लागि सहयोग गर्ने निर्णय गरेको छ । बैठकले खपाङ्गीको उपचारको लागि सहयोग जुटाउन नेपाल मगर संघका जिल्ला सदस्य मधु रानाको संयोजकत्वमा ७ सदस्यीय सहयोग समिति गठन गरेको छ । जसको सदस्यहरुमा धनी आले, दुर्गा बहादुर थापा, तिल बहादुर राना, जनम थापा, बर्ण बहादुर राना, उमा राना रहनु भएको छ । बैठकले खपाङ्गीको उपचारको लागि सहयोग जुटाउन नेपाल मगर संघ गठन भएका प्रत्येक गाविसमा सहयोग रकम जुटाउने निर्णय गरेको संयोजक मधु रानाले बताउनु भयो । नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ हङकङका संस्थापक अध्यक्ष तथा गोरे बहादुर खपाङ्गी मगर उपचार सहयोग समितिका सदस्य हुम बहादुर थापाको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकमा बोल्ने वक्ताहरुले गोरे बहादुर खपाङ्गीले गर्दा नेपाल मगर संघ आज सम्म यहाँ आईपुगेको बताएका थिए । खपाङ्गी आदिवासी जनजातिको मात्र नभएर राष्ट्रको गहना भएकाले उपचारमा राज्यले उपचार गर्न सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । खपाङ्गी गत बैषाख १२ गते आदिवासी चलचित्र महोत्सवको कार्यक्रममा जादै गर्दा दुघर्टनामा पर्नु भएको थियो । उहाको हाल अस्पतालको आईसियुमा राखेर उपचार भईरहेको गोरे बहादुर खपाङ्गी उपचार सहयोग समितिका सदस्य हुम बहादुर थापाले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %