अनिज तनहुँको आधारभूत पत्रकारिता तालिम सम्पन्न

Read Time:2 Minute, 40 Second

के. मगर, तनहुँ जेष्ठ ४, नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) तनहूँको आयोजनामा  संचालित एक दिने आधारभूत पत्रकारिता तालिम  शनिबार दमौलीमा सम्पन्न  भयो ।  बिभिन्न संचार माध्यम संग आबद्ध रहेका तनहुँका ४० जना आदिबासी जनजाति संचारकर्मीहरुको सहभागिता रहेको उक्त तालिममा समाचार लेखन, सूचनाको हक, पत्रकार आचार सहिंता, पत्रकारिताको वर्तामान अवस्था, साथै पत्रकारितामा मानव अधिकार विश्व ब्यापी मान्यता र नेपालको अवधारणा बिषयकमा रिपोटर्स क्लब तनहूँका  मदन वाग्ले, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष प्रेम प्रसाद पौडेल, र युनेस्को क्लब तनहूँका अध्यक्ष प्रदिप काफले ले प्रशिक्षण दिनु भएका थिए ।          
    दमौलीको सन्तौष होटेलको सभाकक्षमा संचालन भएको उक्त तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष प्रेम प्रसाद पौडेलले ब्यानरमा हस्ताक्षर गरी, गर्नु भएको थियो । अनिज तनहुँका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षतामा संचालित सो तालिमको उद्घाटन सत्रमा क्रान्तिकारी पत्र संघ तनहुँका अध्यक्ष.उज्ज्वल पौडल, स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष कृष्ण हरी गैरे र अनिज तनहूँका निवर्तामानअध्यक्ष बिष्णु मास्की मगर लगायतका अतिथि बक्तहरुले शुभकामना मन्तब्य दिएका थिए । सो कार्यक्रमको समापन समारोहमा पुरुष सहभागीको तर्फबाट अनलाईन मिडियाकर्मी खडक आले मगर (के.मगर) र महिला सहभगीको तर्फबाट रेडियो भनुभक्तकी ईशरा राना मगरले आफुहरुले तालिमबाट प्राप्त गरेको ज्ञान, सिप, अनुभावको चर्चा गर्नुका साथै आदिबासी जनजाति संचारकर्मी उत्पादनको लागि यस्त खाले तालिमले सहयोग पुग्ने कुराको जोड दिंदै तालिम निरन्तरताको माग पनि  गरेका थिए । उक्त कार्यक्रमको संचालन सचिव प्रताप राना मगरले गरेका थिए ।

khadkanews@gmail.com

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %