नेपाली काग्रेसको बहुमत आएमात्र लोकतान्त्रिक संविधान निर्माण हुने

Read Time:2 Minute, 17 Second

गोविन्द घर्ति देवदह जेठ ४ । नेपाली काग्रेसको बहुमत आएमात्र नेपाली जनताको पक्षमा लोकतान्त्रिक संविधान निर्माण हुने नेपाली काग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले बताउनु भएको छ । नेपाली काग्रेस क्षेत्र नं १ रुपन्देहीको आयोजनामा देवदहमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले सम्पूर्ण राजनैतिक दललाई समेटेर गएमात्र संविधान सभाको निर्वाचन सुनिश्चित हुनेमा बताउनु भयो । सभापति रज्जाकले संविधान सभा निर्वाचनको तत्काल मिति घोषणा गर्नु पर्नेमा जोड दिनु भयो । नेपाली काग्रेस देवदहमा सभापति दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य दुर्योधन सिंह चौधरी, जिल्ला सचिव हिरा बहादुर खत्री, क्षेत्रीय सभापति विश्वनाथ यादव, महाधिवेशन प्रतिनिधि एक बहादुर सुनार, भगवती गैरे, क्षेत्रीय सचिव वासुदेव रिमाल, नेपाल तरुणदल देवदहका अध्यक्ष मोहन जिसी, महिला संघ देवदहका उपाध्यक्ष सिता क्षेत्री लगायतले बोल्दै संविधान सभाको निर्वाचन तर्फ अव कार्यकर्ताले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा कृष्णप्रसाद पौडेलले लोकतन्त्र र समाजवाद, मोहनराज शर्माले संघीयता तथा शासकीय स्वरुप र ताराप्रसाद पराजुलीले नेतृत्व विकासका वारेमा प्रशिक्षण दिनु भएको सो पार्टीले जनाएको छ । नेपाली काग्रेस देवदहका सचिव प्रमोद खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %