तनहुंको देवघाट गा.वि.स.मा नेपाल मगर संघको समिति गठन

Read Time:2 Minute, 15 Second

के.मगर,तनहुं,जेठ ३, शुक्रबार, तनहुंको देवघाट गा.वि.स.मा मगर समुदायको एक भेला सम्पन्न भएको छ । नेपाल मगर संघ तनहुंका जिल्ला अध्यक्ष झक सारुमगरको प्रमुख आतिथ्य र नेपाल मगर उत्थान समाज देवघाटका अध्यक्ष पूर्णबहादुर थापामगरको सभापतित्वमा भेला सम्पन्न  भएको हो । भेलाले पूर्णबहादुर थापामगरको  अध्यक्षतामा १६ सदस्सीय नेपाल मगर संघ देवघाट गाउँ कार्य समिति गठन गरेको छ । सो समितिको उपाध्यक्ष पदमा पञ्चबहादुर आले मगर, सचिव सन्तबहादुर ल्हायेमगर, सहसचिव तेजबहादुर थापा मगर र कोषाध्यक्ष पदमा पवित्रा फेवाली मगर रहनु भएका छन । यसै गरि सदस्यहरुमा, प्रेम बहादुर थापा मगर, बिनोद राना मगर, लाल बहादुर लामिछाने मगर, अमर बहादुर.फेवाली मगर, धन बहादुर गर्जा मगर, नारायण थापा मगर, तुली सरा गर्जा मगर, इन्द्र माया थापा मगर, लक्ष्मी आले मगर, र भक्तबहादुर थापा मगर छनौट भएका छन । नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई जिल्ला सदस्य एबं मगर भाषा,साहित्य उत्थान विभाग ईन्चार्ज  खडक बहादुर आले मगरले शपथग्रहण गराएका थिए ।
     नेपाल मगर उत्थान समाज देवघाटका सचिव तेज बहादुरको स्वागत मन्तब्य बाट शुरुवाट सो भेलामा जिल्ला सदस्य दुर्गबहादुर थापा मगर, नन्दबहादुर थापा मगर, देवघाट गा.वि.स.का भु.पु. प्रधानपञ्च यम बहादुर थापा मगर ,नेपाल मगर उत्थान समाज देवघाट वडा नं ४का अध्यक्ष पञ्चबहादुर आले मगर,  समाजसेबी दिलबहादुर थापा मगर , राईजिङ स्टर युथ कल्बका अमर थापा मगर, लगायतका ब्यक्ति हरुले शुभकामना मन्तब्य  दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %