नेपाल आदिवासी जनजाति महासंघको आठौ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरू हुदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै,महासंघको नयाँ निति तथा कार्यक्रम पनि पास गर्ने छ । इतिहासको अतेन्तै सम्वेदनशिल अवस्थामा हुन थालेको महासंघको यो महाधिवेशनले हामी डेढ करोड आदिवासी जनजातिका सामाजिक न्यायका मुद्दाहरु,सदियौ देखिको जातिय दमन,शोषण र उत्पिडन एवं विभेद अन्त्यगरी सामाजिक न्याय सहितको समतामूलक समाजको निर्माणकोलागि मुलूकको प्रमुख समस्याको रुपमा रहेको आदिवासी जनजातिका अधिकारहरू संविधानमा सुनिश्चित गर्ने सवै किसिमको पहल कदमिको ऐतिहासिक दायित्व नयाँ नेतृत्वको हुनेछ । दिगो शान्ति,जातिय सम्मान सहितको सम्वृद नेपाल निर्माणकोलागि २००६ को संयुक्त राष्ट्र संघको आदिवासी जनजाति घोषणा-पत्रको पहिलो धारामा उल्लेख भएको आदिवासी जनजातिको सामुहिक पहिचानको अधिकार,विघटित संविधान सभाको दुई तिहाई बहुमतले प्रस्ताव गरेको जातिय पहिचान सहितको राज्यको पुनरसंरचनाको प्रस्ताव,मूलुकको भु-वस्तुस्थिति,राज्यले हामि आदिवासी जनजाति हरुसंग पटक पटक गरेका सहमति समजदारी आदीलाई आधार मानेर जातिय पहिचानका आधारमा राज्यको पुनर्सम्रचनाका लागी महासंघ निश्चय पनि सम्पुर्ण आदिवासी जनजातिहरुलाई लिएर आगामी दिनहरुमा जिवन मरणको लडाई लड्नुको निमित्त रणभूमिमा उत्रिनु पर्ने अपरिहार्य भएको छ ।
हालसम्मको घटनाक्रमलाई समिक्षा गर्दा स्पष्ट भएको कुरो केहो भने शासकवर्गवाट विधी,प्रक्रिया,सहमति र समजदारीवाट मात्रै हामिलाई हाम्रो अधिकार प्राप्त हुनेवाला छैन । सुनामीको रुपमा उर्लिएको आदिवासी जनजातिहरुको वास्तविक मुक्तिको चाहानालाई दवाउन सकिन्छकी भनेर प्रतिक्रियावादी शासकवर्गले महासंघको नेतृत्वमा सुवास नेवाङ प्रविर्तिलाई पुरयाउन आफ़्नो न्वारनदेखीको बल लगाउन सक्ने प्रवल सम्भावना एकातर्फ छ | तसर्थ महाधिवेशनले यि सवै तिग्डम चाल्वाजी लाई परास्त गर्दै सवै आदिवासी जनजातिहरुलाई साथमा लिएर अगि बढ्न सक्ने लामो समय देखि जातिय मुक्ति आन्दोलनमा लागेको,लोभ लालचमा नफ़स्ने,कुसल संगठनकर्ता ,निडर,राम्रो वक्तित्व कला भएको, कुट्नैतिक, एवं चतुर र आवस्यक परे शासकवर्ग संग टक्कर र ठक्कर खेल्न सक्ने सवल,सक्षम र योग्य सबैको सहमतिको नेतृत्व चयन गर्न सफल रहोस यहि हाम्रो महासंघको आठौ राष्ट्रिय महधिवेशनलाई शुभकामना ।
हरि बहादुर घर्ति मगर
अध्यक्ष नेपाल आदिवासी जनजाति युवा परिसद युएई
