मगर महिला संघको महाधिबेशन आजबाट सुरु

Read Time:1 Minute, 45 Second

देब पचभैया, बैशाख २८, नेपाल मगर महिला संघको आज बाट हेटौँडामा पाँचौ राष्ट्रिय महाधिबेशनको सुरु हुदैछ ।
महाधिबेशनमा नेपाल मगर संघ मकवानपुरको कार्यालय हेटौँडा, पारिजातपथबाट झाँकीसहितको र्रयाली मुख्य बजारको परिक्रमा गर्दै कार्यक्रम स्थल बन बिज्ञान अध्ययन संस्थान जानेछ । महाधिबेशनको उद्घाटन नेपाल मगर महिला संघकी संस्थापक अध्यक्ष बमकुमारी बुढा मगरले गर्नुहुने छ । संघका ४५ जिल्ला शाखाबाट प्रतिनिधि, पर्यबेयक्षकगरि करिब दुई सय ५० प्रतिनिधि/पर्यबेक्षकको सहभागि हुदैछन् । महाधिबेशनले तीन बर्षे कार्यकालका लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, महासचिब, सचिब र १४ अञ्चलका एक–एक केन्द्रिय सदस्यसहित २१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिबेशनको नारा ‘नयाँ बन्ने संविधानमा पहिचान र अधिकारसहितको मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगर महिलाको आन्दोलन, जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व र पहुँचको लागि नेपाल मगर महिलाको पाँचौं महाधिबेशन’ रहेको छ । २०५५  सालमा स्थापना भएको मगर महिला संघको चौथो राष्ट्रिय महाधिबेशन गोर्खामा भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %