महासंघ महाधिवेशनमा चार दलका शीर्ष नेतालाई प्रतिबन्ध, उद्घाटन पूर्व मोटरसाईल र्रयाली

Read Time:5 Minute, 8 Second

 
देब पचभैया, चितवन २८ बैशाख । नेपाल आदिवासी जनजाति महासंघले आफ्नो आसन्न आठौं राष्ट्रिय महाधिवेशनमा मुख्य चार राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रवेश निषेध गर्ने भएको छ । देशको मुख्य हिस्सा ओगटेको आदिवासी जनजातिको मुद्दामा राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै महासंघ अध्यक्ष राजकुमार लेखीले चारै दलका शीर्ष नेताहरु पुष्प कमल दाहाल (प्रचण्ड), शुशिल कोईराला, झलनाथ खनाल र विजयकुमार गच्छदारलाई प्रवेश निषेध गरिएको जनाकारी दिनुभयो । महासंघको महाधिबेशन आज बाट चितवनमा सुरु हुदैछ ।
आदिवासी जनजाति पत्रकार संघ ( अनिज ) चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष लेखीले वर्षैंदेखि संघीयताको विषय उठाउदै आएका जनजातिहरुलाई राजनीतिक दलहरुले गलत तरिकाले भ्रम फैल्याउने काम गरेको बताउनुभयो । ‘जातिय राज्य हामी आफै मान्दैनौं कुनै एकजातको राज्य हुनुहुदैन, हामीले पहिचान सहितको संघीयता चाहेका हौं ।’ अध्यक्ष लेखीले भन्नुभयो । अर्को फरक प्रसङ्गमा अध्यक्ष लेखीले नेपालमा नयां शैलीमा भ्रष्टचारको शुरुवात भएको बताउनुभयो । चारनेता प्राइभेट लिमिटेडले नयां शैलीमा भ्रष्टचार गर्दै राजतन्त्र फर्काउने खेलमा लागेको आरोप उहाले लगाउनुभयो । यस्तै अध्यक्ष लेखीले नेपालमा राष्ट्रपति र चार दलका शीर्ष नेताका कारण देशमा सैनिक शासनको खतरा बढेको आरोप लगाउनुभयो ।
यसैबिच महाधिवेशनको उद्घाटन पुर्व चितवनको भरतपुरमा महाधिबेशनको प्रचार प्रसारका लागि मोटर साईकल ¥याली समेत निकालेको छ । विभिन्न प्लेकार्ड, व्यानर, पर्चा पम्पलेट सहितको मोटरसाइकल ¥यालीले भरतपुर नगरपालिका परिक्रममा गरेको थियो ।
 
चितवनमा लाखौ सर्बसाधारण उतार्ने तयारी

महाधिवेशनको अन्तिम तयारी सहित एकलाख सर्वसाधरण सदरमुकाम भरतपुरमा उतार्न चार दर्जन ठुला यात्रुवाहक बस चितवनका गांउ गांउ पठाईएको महासंघले जनाएको छ । महाधिवेशन सफल पार्न देशभरका ७१ जिल्लाबाट प्रतिनीधि र पर्यवेक्षकहरु चितवनको भरतपुर पुगिसकेका छन् । चितवन आसपासका जिल्लाहरुबाट महाधिवेशन सफल पार्न आउने स्थानिय आदिवासीहरुको चहलपहलले चितवनको रौनक बढेको छ । महाधिवेशनका लागि एक महिना अघिदेखि तयारीमा जुटेको महासंघले बढ्दो गर्मीलाई बेवास्ता गर्दै चितवनलाई बेहुली झैं चिटिक्कै सिंगारेको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधि एवं पर्यवेक्षकहरुका लागि खाना तथा आवासका लागि चितवनको सौराहामा विभिन्न होटलहरुमा ३ सयवटा कोठा बुकिङ्ग गरिएको छ । तेइस वर्षपछि पहिलो पटक राजधानी बाहिर हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा ७१ जिल्लावाट पाच सय पर्यवेक्षक र प्रतिनिधीहरु शनिबारबाट आफ्नो छाता संगठनको नयाँ नेतृत्व चयन गर्न जुट्ने छन् । भरतपुरको वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा हुने उद्घाटन सत्रमा गांउ गांउवाट सर्वसाधरणलाई सदरमुकाम भरतपुर ल्याउन सवारी व्यवस्थापन देखि प्रचार प्रसारको काम पुरा भईसकेको अध्यक्ष लेखीले जानकारी दिनुभयो ।
महाधिवेशनको उद्घाटन उपराष्ट्रपति परमानन्द झांले गर्नुहुनेछ । यस्तै उद्घाटन समारोहमा एकीकृत नेकपा माओवादीका वर्षमान पुन, एकिकृत नेकपा–माओबादीका नेता रामबहादुर थापा, समाजवाद दलका अध्यक्ष अशोक राई लगाएका नेताहरु सहभागी हुंने जनाइएको छ । उद्घाटन अघि सांस्कृतिक झांकी सहितको र्रयालीले सदरमुकाम भरतपुर र नारायणगढ बजार परिक्रममा गर्नेछ । महासंघको बन्द सत्र भने पर्यटकीय क्षेत्र सौराहामा आईतबार र सोमबार हुने छ । महाधिवेशनले १३ सदस्यीय सचिवालय पदाधिकारी समेत चयन गर्ने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %