गोविन्द घर्ति देवदह बैषाख २२, विगत १० वर्षमा दुधको मुल्यको तुलनामा दानाको मुल्यमा ३ गुणा बढिले बृद्धि भएको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले दुध उत्पादनको लागत मुल्य ४० रुपैया भएपनि किसानले ३२ रुपैयामा विक्रि गर्न वाध्य भएको जनाएका छन् । शान्तिनगर दुग्ध उत्पादक सहकारी संस्था देवदह–५ ले आयोजना गरेको पशुपालक किसानहरुको समस्या र समाधानका उपाय विषय अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । पशुपालक कृषकहरुलाई राज्यले संरक्षण गर्न नसकेको कारण कृषि पेशा व्यवसायीक हुन नसकेको कार्यक्रममा बोल्ने कृषकहरुको भनाई रहेको थियो । थुनेलो, बाझोपन र खोरेत जस्ता रोगको कारणले समेत उत्पानमा ह्रास आईरहेकोले यस्तो अवस्थामा पनि राज्यले ध्यान दिन नसकेको कृषकहरुले गुनासो गरेका थिए । राज्यले घास, दानामा अनुदान दिनु पर्ने वा दुधको मुल्य बृद्धि गर्नु पर्नेमा कृषकहरुको जोड रहेको थियो । शान्तिनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रमोद खनालको अध्यक्षतामा भएको कार्यक्रममा पशु सेवा केन्द्रका धु्रव नारायण चौधरी, शिव गंगा डेरी उद्योगका हिरा बहादुर खत्री, एमाओवादीका कृष्ण ढकाल, नेपाली काग्रेसका डिल्लीराज मरासिनी, एमालेका पदम थापा, राप्रपाका मित्रलाल खराल, रेडियो देवदहका यम राना, देवदह दुग्ध उत्पादक सहकारीका प्रकाश अर्याल, राधा कृष्ण दुग्ध उत्पादक सहकारीका रामकृष्ण पौडेल, सिद्ध दुग्ध उत्पादक सहकारीका छविराज भण्डारी, कृष्ण अधिकारी, सारदा सुवेदी, राजेश्वर देवकोटा, ईन्द्रीरा खरेल, देवी ढकाल, देवकी पराजुली, शालिकग्राम तिवारी, खेम प्रसाद पाण्डे लगायतले बोल्दै कृषकहरुलाई राज्यले संरक्षण गर्न कृषि नीति बनाउनु पर्नेमा जोड दिइएको थियो । मुमानन्द ढकालको स्वागत र रामु गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो
दुधको मुल्यको तुलनामा दानाको मुल्यमा ३ गुणा बढिले बृद्धि
Read Time:2 Minute, 52 Second
