गोविन्द घर्ति
देवदह बैषाख २० । राज्यले प्रदान गर्ने सेवा सुविधाहरु नागरिकको घरदैलोमा पुर्याउने राज्यको निती अनुसार एकिकृत घुम्ति शिविर संचालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थीले बताउनु भएको छ । उहाले उक्त कुरा रुपन्देहीको देवदहमा संचालित एकिकृत घुम्ति शिविरको अवसरमा बताउनु भएको हो । नागरिकले सेवा लिन सजिलो होस भन्नका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ५ ठाउँमा एकिकृत घुम्ति शिविर संचालन गरेको बताउनु भयो । एकिकृत घुम्ति शिविरमा नागरिकता, फोटो सहितको मतदाता नामावली, स्वास्थ्य परिक्षण, प्राविधिक सल्लाह र विऊ विजन वितरण, अपाङ्ग परिचय पत्रको लागि फारम संकलन, पशुस्वास्थ्य लगायतका सेवा प्रदान गरिने उहाले बताउनु भयो । एकिकृत घुम्ति शिविर २४ गते सम्म संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
