देब पचभैया
पाल्पा, जेठ १९ निर्बाचन आयुक्त डोलख बहादुर गुरुङ्गले संबिधा सभाको निर्बाचन बहिस्कार गर्ने भन्ने कुरा जेठ १७ गते मात्रै जानकारी हुने बताउनुभएको छ । निर्बाचन आयोगले दलदर्ता गर्ने मिति १६ गते सम्म राखेकाले १७ गते सम्म दर्ता नहुने दलले मात्रै निर्बाचनमा भाग नलिने टुङ्गो लाग्ने उहाको भनाई छ ।
सरोकारवालाहरु संग एक दिने अन्र्तक्रिया कार्यक्रमको लागी पाल्पा आउनुभएका आयुक्त गुरुङ्गले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्बाचन बहिस्कार गर्छु भन्नेहरुले पनि निर्बाचनको महत्व बुझेकाले उनीहरु पनि चुनाबमा भाग लिने बिश्वास ब्यक्त गर्नुभएको छ । निर्बाचन कार्तिक वा मंशिर भित्रै सम्पन्न हुने भन्दै उहाले निर्बाचन आयोग आफुले निभाउनुपर्ने जिम्वेवारी पुरा गर्न तयार रहेको बताउनुभएको छ ।
चुनाबमा भोट हाल्न जनता आतुर रहेको भन्दै उहाले दलहरु पनि दलदर्ता गरेर झण्डा हल्लाउदै गाउ हिड्न थालेकाले निर्बाचनको माहौल बनिसकेको दाबी गर्नुभएको छ । पहिले दलदर्ता गराउदैमा निर्बाचन चिन्न दिन सो दलले पहिले पाउने भन्नेकुरा गलत भएको भन्दै निर्बाचन आयुक्त गुरुगले यस अघि भएका निर्णयका नजिर, अन्र्तराष्ट्रिय प्रचलन लगाएतका मापदण्ड अनुसार मात्रै दलहरुलाई चिन्न प्रदान गर्ने बताउनुभएको छ ।
दलहरु बिहान ५ बजे नै कार्यालयको ढोकामा आउलान भन्ने कल्पना आफुहरुले नगरेकाले समस्या भएपनि आगामी दिनमा यस घटनाले आयोगले पाठ सिकेको उहाको भनाई छ । निर्बाचनको बारेमा सकारात्मक कुराहरु गर्न पटक पटक आग्रह गर्नुभएका गुरुगले संबिधान सभाको निर्बाचन र स्थानिय निर्बाचा एकै पटक गर्न नसकिने बताउनुभएको छ ।
