बलात्कृत युबतीको अबस्था सामान्य बन्दै

Read Time:1 Minute, 56 Second

देब पचभैया पाल्पा, बैशाख  १९

सामुहिक बलात्कार बाट बेहोस भएकी स्याङ्जा  साखरकी एक युवतीको अबस्था समान्य बन्दै गएको छ । उनको पाल्पा स्थित लुम्बिनि मेडिकल कलेज प्रभास तानसेन पाल्पामा उपचार भैहरेको छ । उनको अबस्था सामान्य बन्दै गएको अस्पतालले बताएको छ । बिरामी भएर उपचार गर्न पाल्पाको रामपुर गएकी स्याङ्जाको साखर गाविस घर भएकी एक १८ युवती माथि हिजो सामुहिक बलात्कार भएको थियो । 

राति मोटरसाईकलमा आएका चार जनाको समुहले आफुलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । २ ओटा मोटरसाइकलमा आएका युवाहरुले उनको घर नजिकैबाट जबरजस्ती नजिकैकको जंगलमा लगेर बलत्कार गरेको स्थानिय प्रमोद पोख्रेलले जनाकारी दिनुभएको छ । उनको  यौनाङ्ग, टाउको, घाटी सहित शरीरका विभिन्न भागमा चोट लागेको छ ।

स्थानीयको सहयोगमा बलात्कृत युवतीलाई पाल्पाको रामपुर अस्पतालमा सामान्य उपचार पछि आज पाल्पामा ल्याईएको थियो । बलात्कार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हिजो पाल्पाको रामपुरमा स्वास्थ्य परिक्षण गरि फर्कने क्रममा उनी बलाकृत भएकी थिईन् । हिजो  दिउसो रामपुरको गुप्ता होटलमा नास्ता गरेदेखि नै युवाहरु पछि लागेका उनले बताएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %