युवतीमाथी सामुहिक बलात्कार

Read Time:1 Minute, 35 Second

स्याङ्जा, १९ बैशाख

स्याङ्जाको साखर गाविस घर भएकी एक युवतीमाथी सामुहिक बलत्कार भएको छ । गए राति मोटरसाईकलमा आएका चार जनाको समुहले सामुहिक बलत्कार गरेको पीडित युवतीले बताएकी छन् । २ ओटा मोटरसाइकलमा आएका युवाहरुले उनको घर नजिकैबाट जबरजस्ती नजिकैकको जंगलमा लगेर बलत्कार गरेको युवतीलाई उद्धृत गर्दै स्थानियबासीले जानकारी दिएका छन् । युवतीको  यौनाङ्ग, टाउको, घाटी सहित शरीरका विभिन्न भागमा चोट लागेको छ । स्थानीयको सहयोगमा बलात्कृत युवतीलाई पाल्पाको रामपुर अस्पतालमा सामान्य उपचार पछि पाल्पामा उपचार भैरहेको छ ।

युवतीको अवस्था गम्भिर रहेको बताइएको छ । युवाहरु फरार रहेको र उनीहरुको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सामान्य बिरामी भएकी युवती बुधबार पाल्पाको रामपुरमा स्वास्थ्य परिक्षण गरि फर्कने क्रममा उनी बलाकृत भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार युवतीले दिउसो रामपुरको गुप्ता होटलमा नास्ता गरेदेखि नै युवाहरु पछि लागेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %