नेपालको पत्रकारीता निकै कठिनपुर्ण:दिपक ज्ञवाली

Read Time:2 Minute, 25 Second

गोविन्द घर्ति

देवदह नेपालको पत्रकारीता निकै कठिनपुर्ण रहेको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवालीले बताउनु भएको छ । देवदह डेपलोप्मेण्ट सोसाईटी द्धारा आयोजित १० दिने उद्घोषण तथा पत्रकारीता तालिमको सभापन कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाले समाजमा भएका बिकृति र विसंगतिलाई पत्रकारीताको माध्यमबाट हटाउदै जानु पर्नेमा जोड दिनु भयो । उहाले न्याय स्वतन्त्र र पार्दशीताको प्रतिक पत्रकारीता भएकोले पत्रकारहरुले समाजको ऐनाको रुपमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा माओवादी क्षेत्रीय ईन्चार्ज नमराज पुरीले नेपालको पत्रकारीता निकै चुनौती पूर्ण रहेको र समाजको विकृतिलाई सुमार्गमा ल्याउन पत्रकारीताले ठूलो भूमिका खेल्ने बताउनु भयो । देवदह डेपलोपमेण्ट सोसाईटीका अध्यक्ष भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा एमाले देवदहका अध्यक्ष पदम थापा, रेडियो देवदहका सचिव दयाराम वस्याल, देवदह मदर टङ्गस एकेडेमीका प्रिन्सीपल राम बहादुर गुरुङ्गले बोल्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी कार्यक्रममा सहभागिता तर्फबाट पदम बहादुर थापा, गंगा थापा, कुलिसरा बुढाथोकी, रिता थापा, दुल बहादुर बुढाथोकी लगायतले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागु पर्ने बताएका थिए । सोसाईटीका उपाध्यक्ष त्रिलोचन दाहालको स्वागत र  सचिव यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %