गोविन्द घर्ति देवदह
राज्यको विभेदकारी ऐन कानुनका कारण मगरहरु पछाडि परेको नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाले बताउनु भएको छ । नयाँ बन्ने संविधानमा त्यस्ता विभेदकारी ऐन कानुन हटाउनको लागि जातीय पहिचान सहितको संघीयता र पुर्ण सामनुपातिक राज्य नितिको अवलम्वन गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।
नेपाल मगर संघ देवदह १ वार्ड समिति द्धारा संचालित कल्याण कोषको २० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाले सम्पूर्ण मगरहरुको सामाजीक, राजनैतिक र आर्थिक रुपान्तरणका लागि राजनैतिक गर्न अपरिहार्य भएको बताउनु भयो । नेपाल मगर संघ वडा समितिका अध्यक्ष पदम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका जिल्ला सदस्य रिता थापा, टेक बहादुर थापा, देवदह गाउँ समितिका अध्यक्ष लाल बहादुर दर्लामी, देवदह गाउँ समितिका सल्लाहकार टक बहादुर घर्ति, दल बहादुर पाईजा, डम्वर बहादुर थापा, नेपाल मगर युवा संघ देवदहका अध्यक्ष राम बहादुर थापा, नेपाल मगर महिला संघ देवदहका सचिव सुमित्रा वारघरे, संघका पुर्व जिल्ला सदस्य कमान सिंह थापा, मोहन बहादुर वारघरे लगायतले बोल्दै राज्यसत्तामा नपुग्दा सम्म मगरहरुको हक र अधिकार प्राप्त गर्न नसक्ने हुदा सम्पूर्ण मगरहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
संघका उपाध्यक्ष ज्ञानीसरा रानाको स्वागत र सचिव हिमाल सारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संघका अध्यक्ष पदम थापाले करिव १० लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
