पाल्पामा भएको निजि कार दुर्घटनामा ४ को मृत्यु, ४ घाइते

Read Time:2 Minute, 36 Second

देब पचभैया 

‘घटनामा पुर्ब मन्त्री बिष्टका आफन्त परे’

पाल्पा बैशाख १० पाल्पामा भएको निजि कार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४ जना गंभिर घाईते भएका छन् । दुर्घटनामा गुल्मी ईस्मा निबासी पुर्ब उर्जा मन्त्री गोकर्ण बिष्टका आफन्त परेका हुन् । काठमाण्डौ बाट गुल्मीको ईस्मा जादै गरेको बा ७ च ३३१८ नम्बरको टाटा कार आज दिउसो साढे २ बजेतिर पाल्पाको खस्यौली गाबिस वडा नम्बर ३ सिरुखर्क निर सडक बाट झण्डै ५ सय मिटर तल खस्दा दोहोली गाविस ३ की ३५ वर्षिया लता विष्ट, हस्तीचौर गाविस ७ का ३५ वर्षीय ज्ञानवहादुर जिसी, उहाँकी छोरी १० वर्षीया आस्था जिसी र इश्मा ३ का वर्ष ४८ का रामवहादुर जिसीको मृत्यु भएको छ ।

लता विष्ट र बालिका जिसीको घटना स्थलमै मृत्यु भएको थियो भने ज्ञानवहादुर जिसी र रामवहादुर जिसीको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा इश्मा दोहोली  ३ का वर्ष ७ का सिद्धान्त विष्ट, वर्ष ४ का आदर्श जिसी, हस्तीचौर ७ का ३५ वर्र्षीया उमा जिसी र गाडी चालक रामेछाप जिल्ला रामपुर ६ का वर्ष २९ का ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरु मध्ये उमाजिसि र आर्दश जिसिलाई थप उपचारको लागी हेलिकोप्टर बाट काठमाण्डौ लगिएको छ भने बाकी दुई जनाको मिसन अस्पताल तानसेनमै उपचार भैरहेको छ ।

उनीहरुको अबस्था खतरा मुक्त रहेको अस्पतालले बताएको छ । पुर्ब मन्त्री बिष्टको बाबु र आमाको भोली हुन लागेको ८४ पुजाको लागी उनीहरु गुल्मी हिडेका थिए । सडकमा रहेको पाडोसंग बचाएर गाडि अगाडि बढाउन लाग्दा पाडो संगै  गाडी भिरबाट तल खसेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %