हुम तमु
पोखरा, ९ बैशाख अग्रगामी विद्यार्थी युनियनले आसन्न स्ववियु निर्वाचनमा संघीय शिक्षा प्रणाली लागु, त्रिभाषिक शिक्षा निती र भ्रष्टचार एवं गुण्डागर्दी रहित स्ववियु निर्माण मुख्य एजेण्डा बनाउने भएको छ । मिनी संसदको निर्वाचनको रुपमा हेरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई केन्द्रीत गर्दै अग्रगामी विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस समितिको सोमवार आयोजित विशेष बैठकमा सम्बोधन गर्नुहुदै केन्द्रीय कोषाध्यक्ष किरण सापकोटाले आसन्न स्ववियु निर्वाचनमा अग्रगामी विद्यार्थी युनियनले उक्त एजेण्डालाई प्रमुखताका साथ उठाउने बताउनुभएको हो ।
यसैगरी केन्द्रीय सदस्य फरेन्द्र थापामगरले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन स्वच्छ, समानुपातिक प्रतिनिधीत्व सहितको स्ववियु आवाश्यक भएकाले अग्रगामी विद्यार्थी युनियनलाई विजयी गराउन प्रचार अभियानलाई तिव्रता बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकले निर्वाचनलाई अग्रगामी विद्यार्थीको पक्षमा मतदान गराउन प्रचारात्मक अभियानका साथ संगठन सुदृढिकरण र क्षमताअभिवृद्धिका लागि शनिवार प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको अध्यक्ष विशाल रानामगरले जानकारी दिनुभयो ।
