पाल्पा , २०७० बैशाख ६ र ७ गते पाल्पाको तानसेनमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदको १०औं बैठक सम्पन्न भयो । बैठकले गरेका निम्नानुसारका निर्णयहरु जानकारीका लागि ।
१. सरकार सम्बन्धमा :
संविधान सभाको निर्वाचनको सुनिश्चित्ता र राष्ट्रिय स्वीकार्यताका लागि सर्वदलीय सरकारको गठन नै सर्वोत्तम विकल्प हो । त्यसमा सहमति नहुने अवस्थामा अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधीशको पदबाट राजीनामा दिनु अनिवार्य छ ।
२. नागरिकता सम्बन्धमा :
संक्रमणकालिन अवस्थामा राष्ट्रिय सहमति विना जारी गरिएको विवादास्पद नागरिकता विधेयक तत्काल खारेज हुनु पर्दछ ।
३. निर्वाचन क्षेत्र पुनः निर्धारण सम्बन्धमा :
निर्वाचन क्षेत्र निर्धारण गर्दा हिमाल, पहाड र तराईका लागि छुट्टाछुट्टै मापदण्ड कायम गरिनु पर्दछ ।
४. मोर्चा निर्माण :
संविधान सभाको चार वर्षे कार्यकालमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धी प्राप्तिका लागि अघि बढ्न राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा ‘साझा राष्ट्रिय मोर्चा’को प्रस्ताव अगाडि सारिएको छ ।
५. राष्ट्रिय जनजागरण अभियान–२०७० :
संविधान सभाको निर्वाचनको सुनिश्चित्ता, संघीयता र भ्रष्टाचार सम्बन्धमा जनतालाई सुसूचित गर्नका लागि पार्टीद्वारा यही बैशाख १५ गतेदेखि साउन मसान्त सम्म राष्ट्रिय जनजागरण अभियान–२०७० सञ्चालन गरिनेछ ।
६. भातृ संगठनका महाधिवेशन : पार्टीका भातृ संगठनहरु राष्ट्रिय आदिवासी जनजाति मोर्चाको पहिलो राष्ट्रिय महाधिवेशन यही मिति २०७० जेष्ठ २७ र २८ गते नवलपरासीको कावासोतीमा र राष्ट्रिय भूतपूर्व सैनिक संगठनको दोश्रो राष्ट्रिय महाधिवेशन यही मिति २०७० जेष्ठ ३० र ३१ गते रुपन्देहीको बुटवलमा सम्पन्न गरिनेछ ।
७. मनोनयन / जिम्मेवारी : पार्टीका संगठन सचिव सिद्धि तुम्बाहाम्फेको संयोजकत्वमा नागरिकता समस्या अध्ययन कार्यदल गठन गरिएको छ । पार्टीका पूर्व आर्थिक विभाग प्रमुख यम बहादुर बुढाथोकीलाई संघीय परिषदको सदस्यमा मनोनित गरिएको छ ।
८. जनमुक्ति विचारधारा लेखन कार्यदल : पार्टीको चौथो राष्ट्रिय महाधिवेशन (२०६७ फागुन २५–३०, कावासोती, नवलपरासी) ले अगाडि सारेको ‘जनमुक्ति विचारधारा’ लाई पूर्ण बनाउनका लागि संगठन सचिव सिद्धि तुम्बाहाम्फेको संयोजकत्वमा सदस्यहरु स्थायी समिति सदस्य रत्न राना र टोप अस्लामी रहेको समिति गठन गरेको छ ।
९. धन्यवाद प्रस्ताव : पार्टीको दशौं राष्ट्रिय भेलालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने मूल तयारी समिति, विभिन्न उपसमितिहरु, व्यवस्थापक बाँके जिल्ला, सम्पूर्ण नेता तथा कार्यकर्ता, विदेश स्थित हङ्गकङ्ग, बेलायत शाखा, सहयोगी, शुभचिन्तकहरु साथै जनसहभागिताका लागि उल्लेख्य योगदान पु¥याउने रुपन्देही, कपिलवस्तु र दाङ्ग जिल्लालाई बैठक धन्यवाद ज्ञापन गर्दछ ।
१०. शोक प्रस्ताव : स्थायी समिति सदस्य रामु परियारलाई पितृशोक, संघीय परिषद सदस्य टंक पुनलाई मातृशोक र राष्ट्रिय महिला मोर्चाका अध्यक्ष मनु थापालाई ससुराशोक परेकोमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
