नेपाल मगर संघ ब्यास नगर समिति दमौलीको ३० औं साधारण सभा सम्पन्न

Read Time:2 Minute, 16 Second

के. मगर तनहुं,नेपाल मगर संघ ब्यास नगर समितिको ३० औं साधारणसभा शनिबार दमौलीमा सम्पन्न भयो । समितिका अध्यक्ष नन्द बहादुर थापा मगरको अध्यक्षता तथा जिल्ला अध्यक्ष झक बहादुर सारु मगरको प्रमुख अतिथ्यमा आयोजित सो साधारणसभा संस्थाकै सभाहल ‘कानुङ गुमास्ठा भवनमा’ सम्पन्न भएको हो ।

दमौली बजार क्षेत्रका करिब २०० जना मगरहरको सहभागिता रहेको उक्त  साधारण सभामा, समितिको तर्फबाट सचिव मन बहादुर आले मगरले बर्ष भरी भए गरेका प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । यसै गरी कोषाध्यक्ष श्रीध्वोज आले मगरले करिब रु.१५ लाख १७ हजार बरबारको बार्षिक आय ब्याय प्रस्तुत गरेका थिए । समितिका उपाध्यक्ष मिना थापा मगरको स्वागत भाषणबाट शुरु भएको उक्त सभामा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए ।

कछार क्षेत्र बिकास समितिको अध्यक्ष एवं नेपाल मगर संघ जिल्ला सदस्य खडाक बहादुर आले मगर, मिस मगर तनहंको अध्यक्ष शुशिला थापा मगर, नेपाल मगर बिद्यार्थी संघ भाषिक केन्द्रिय उपाध्याक्ष सुमन थापा मगर, पुर्ब जिल्ला अध्यक्षहरु तुल बहादुर राना मगर, शेर बहादुर थापा मगर सु. खडक बहादुर आले मगर, हा. खडक बहादुर आले मगर,  तिल बहादुर राना मगर, मगर गुठ समिति अध्यक्ष तिल बहादुर थापा मगर, दुर्गाधान  बाचे मगर र नेपाल मगर बिद्यार्थी संघ तनहुंका अध्यक्ष अमर थापा मगर लगयतका बक्तहरुले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन सचिव मन बहादुर आले मगरले गरेका थिए ।

khadkanews@gmail.com

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %