समाज परिवर्तनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका

Read Time:1 Minute, 45 Second

गोविन्द घर्ति देवदह बैषाख ५ । समाज परिवर्तनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । देवदह साप्ताहिकले आयोजना गरेको १० दिने उद्घोषण तथा पत्रकारीता तालिमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले ग्रामिण क्षेत्रसम्म सञ्चारको पहुच पुग्नु पर्नेमा जोड दिएका थिए । सहि समाचारले समाजलाई सही दिशा तर्फ लैजाने हुदा त्यस तर्फ ध्यान दिनु पर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका थिए । देवदह साप्ताहिकका सम्पादक त्रिलोचन दाहालको सभापतित्वमा भएको कार्यक्रममा देवदह गाविसका सचिव वव्रु वहान सापकोटा, देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, देवदह साप्ताहिकका प्रधान सम्पादक यम राना लगायतले बोल्दै तालिम लिएर मात्र होइन त्यसलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने बताएका थिए । १० दिने उद्घोषण तथा पत्रकारीता तालिममा देवदह, सुनवल क्षेत्रका करिव १५ जनाको सहभागिता रहेको छ । विभिन्न मिडियामा आवद्ध बरिष्ठ पत्रकारहरुद्धारा तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %