राष्ट्रिय जनमुक्तिको केन्द्रिय बैठक पाल्पामा शुरु

Read Time:1 Minute, 19 Second

पाल्पा, बैशाख ६ राष्ट्रिय जनमुक्ति पार्टीको संघिय परिषदको १० औ बैठक आज बाट पाल्पाको तानसेनमा सुरु हुदैछ । ३ दिन सम्म चल्ने संघिय परिषदको बैठकमा जनमुक्ति पार्टीले चैत्र महिना भरी संचालन गरेको चार दलिय अधिनायकत्वको बिरोध कार्यक्रमको समिक्षा, फागुन २१ देखि २३ सम्म नेपालगंजमा भएको पार्टीको १० औ राष्ट्रिय भेलाको समिक्षा र निर्णयको कार्यान्वयनको बारेमा छलफल र बर्तमान राजनितिक अबस्थाको बारेमा बहस हुने जनमुक्ति पार्टीका स्थाई समिति सदस्य तथा प्रचार बिभागका प्रमुख टोप अस्लामीले जानकारी दिनुभएको छ । तानसेनमा आज पत्रकार सम्मेलनको आयोजना गरी दिईएको जानकारी अनुसार तानसेन नगर पालिकाको मिनि हलमा ३ दिन सम्म बैठक हुनेछ । पार्टीका संघिय परिषदका ६० बढी केन्द्रिय सदस्य तथा पदाधिकारीहरु बैठकमा सहभागी हुदैछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %