अनिज पाल्पामा नयाँ कार्यसमिति

Read Time:5 Minute, 1 Second

पाल्पा, चैत्र ३०, देब पचभैया, नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) का केन्द्रिय उपाध्यक्ष तिलक पुनले देशको मुल सञ्चार माध्यम र क्षेत्रहरुमा आदिवासी जनजाति पत्रकारहरुलाई स्थान दिनु पर्नेमा जोड दिए । सञ्चार क्षेत्रमा समानुपातिक प्रतिनिधित्व नहुँदासम्म आदिवासीहरुको साँझा मुद्दाहरु उजागर हुन नसक्ने उनको तर्क थियो l नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज), पाल्पाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुनले कतिपय आदिवासी जनजातिहरुको भाषा र पहिचान लोप हुन लागेकोमा चिन्ता ब्यक्त गरे । आदिवासी जनाजतिहरुको मौलिक पहिचानलाई बचाउन राज्यको सही नीति हुन जरुरी छ पुनको भनाइ थियो l

नेपाल आदिवासी जनजाति महासंघका पूर्व सल्लाहकार अशोक कुमार शाहीले पत्रकारहरुलाई आस्था र स्वार्थको आधारमा लेभेल लगाउन नहुने जिकिर गरे । पहिचान र आत्मसम्मानको कुरालाई उठाएर सही सम्वोधन गर्न नसक्दा मुलुक अन्यौलमा फसेको शाहीको तर्क छ । अनिजका सल्लाहकार राजेन्द्र लिगलले पत्रकारहरुमा समन्वय र सहकार्य हुनु पर्नेमा जोड् दिए । त्यस्तै प्रेस स्वतन्त्र सेनानी एबं वरिष्ठ पत्रकार मेघराज शर्माले स्वच्छ जनमत र सरकारलाई खवरदारी गर्ने काम पत्रकारहरुको भएको भन्दै पत्रकारहरु सधै दृढताका साथ लाग्नु पर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका अध्यक्ष देव पचभैयाको अध्यक्षता र हरि वहादुर सारुको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष भगवान भण्डारी, प्रेस चौतारी पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, प्रेस यूनियनका अध्यक्ष प्रकाश नेपाल, क्रान्तिकारी पत्रकार संघका सन्तोष बस्याल, क्रान्तिकारी पत्रकार महासंघका रेखिराम राना, नेपाल खेलकुद पत्रकार महासंघ, पाल्पाका अध्यक्ष माधव अर्याल, नेवा देय दवुका त्रिरत्नलाल शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार संघ, पाल्पाका सदस्य राजकुमार आले, नेपाल मगर विद्यार्थी संघ, पाल्पाका अध्यक्ष धनी सारु नेपाल आदिवासी जनजाति युवा महासंघका केन्द्रिय सदस्य तिलक खाम्चा लगायतले आदिवासी जनजातिहरुको साझा मुद्दाहरुलाई वास्तविक र बस्तु निष्ठ भएर सञ्चार माध्यमहरुले उजागर गर्नु पर्ने धारण राखेका थिए ।

नयाँ नेतृत्व

नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा राजकुमार आलेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको छ । उपाध्यक्ष यमुना सारु, सचिव हरि बहादुर सारु, सह–सचिव रन बहादुर कुमाल, कोषाध्यक्ष सिमा गाहा चयन भएका छन । सदस्यहरुमा असवीर सारु, हुमा सूर्यवंशी, भुपाल आले, निर बहादुर सारु, राम प्रसाद सारु र प्रेम कुमाल रहेका छन । 
२०६३ सालमा अनिज पाल्पाको स्थापना भएसंगै देब पचभैयाले नेतृत्व गर्नुभएको थियो । सुरुमा ७ जना बाट अनिज पाल्पा गठन भएकोमा अहिले ५० बढी सदस्यहरु रहेको पचभैयाले जानकारी दिए । पचभैया केन्द्रिय प्रतिनिध भएका छन । अनिज पाल्पाको बन्द शत्रमा सचिब हरी बहादुर सारुले झण्डै एक लाख बराबरको आय ब्ययको लेखा सार्बजनिक गरेका छन ।
पत्रकार जेबि पुन मगर र  देब पाटा मगरको उपस्थितिमा २०६३ सालमा अनिज पाल्पाको गठन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %