जनमुक्तिको बिरोधसभा, एमाले, काग्रेस, माओबादीका दर्जनौं कार्यकर्ता जनमुक्तिमा प्रबेश

Read Time:5 Minute, 5 Second

 

के. मगर

बेनी म्याग्दी चैत २८, पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान, राष्ट्रिय  पार्टीको राजनीतिक अभियान ! भन्ने मुल नाराका साथ बिभिन्न नारा प्लेर्काड बोकेका साँस्कृतिक झाँकी सहितको जुलुसले बेनी बजार परिक्रमामा गर्दा म्याग्दीको रमानीय बेनी बजार नै गुञ्जायमान भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टी धवलागिरी अञ्चल स्तरीय उक्त बिरोधसभालाई पार्टीका केन्द्रिय बरिष्ठ उपाध्याक्ष शिबलाल थापा मगर अर्का उपाध्याक्ष मिना पन्धाक (लिम्बु) केन्द्रिय सदस्यहरु हस्त बहादुर थापा मगर, मनकुमारी पाईजा मगर र वैकल्पिक केन्द्रिय सदस्यहरु होम लाल पुन मगर, टि. बि. पुन ले सम्बोधान र्गनु भएको थियो l बरिष्ठ उपाध्याक्ष शिबलाल थापा मगर ले आफनो सम्बोधान क्रममा भन्नु भयो “वर्तमान खिलराज रेग्मीको सरकारले चुनाव गराउला भन्ने परिकल्पना पनि नगर्नुहोस् l यो सरकारलाई चुनावी नगराउनकै लागि ४ दलले गलत प्रक्रियाबाट यो सरकारको गठन गरेको हो l चुनाव न त असारमा हुन्छ, न त कार्तिक, मंसिरमा l काँग्रेस, एमालेसँग जनताको अगाडि भोट माग्न जाने एजेण्डा नै छैन l चुनाव न त यहाँका आदिबासी जनजाति मधेशी  मुश्लिम महिला  अल्पसंख्याक पिछाडा बर्ग चाहिएको छ l त्यसैले उनीहरु चुनाव  गराउन चाहादैन l  नेपाली जनतालाई संघीयता चाहिएको छ तर काँग्रेस, एमाले संघीयता विरोधीको कित्तामा उभिएको छ l साँच्चै भन्ने हो भने काँग्रेस, कम्युनिष्ट कसैलाई पनि संघीयता चाहिएको छैन l एजेण्डा विना चुनावमा जाँदा जतासुकै पराजय हुन्छ भन्ने थाहा हुँदाहुँदै किन चुनाव जान्छ l यो सबै नौटङ्की मात्र हुन l ४ दलले बहुदलीय व्यवस्थाको अन्त्य गरी निर्दलीय चरित्र देखाउनसफल भएका छन l उनीहरुको  राजनीतिक हैसियत समाप्त भइसकेको छ उनले बताए l

त्यसै गरि उक्त सभामा मगरात राज्य परिषद सचिब खडक आले मगर, बाग्लुङ जिल्ला संयोजक के बि पुन विद्यार्थी मोर्चा प्रतिनिधि रेस्मा सेर्बुजा मगर लगायतका ब्यक्तिहरुले सम्बोधान गरेका थिए । उक्त बिरोधसभामा काँग्रेस, एमाले र माओबादी पार्टी परित्याग गरि ३५ नेता कार्यकर्ताहरु  राष्ट्रिय जनमुक्तिमा प्रबेश गरेका छन । पार्टी प्रबेशहरुमा, रोहन मगर रत्ने चौर म्याग्दी, यम थापा रत्ने चौर म्याग्दी , नाराण थापा रत्ने चौर म्याग्दी,  खडक रोका रत्नेचौर म्याग्दी, नबिना सेर्बुजा पुन, बेनीम्याग्दी कविता सेर्बुजा पुन बेनी म्याग्दी, तेज बहादुर फगामी मगर  झफर्का, लोक बहादुर पुन  रुमा म्याग्दी, भुवान थापा रत्नेचौर म्याग्दी, उपेन्द्र मगर रत्ने चौर म्याग्दी, भिम बहादुर  आले मगर ज्याम्रुक  दीपा अग्रेता,  नन्द बहादुर घर्ती अमन,  बिष्णु फगमी मगर, देबिस्थान  उमेश फगमी मगर, देबिस्थान, तम बहादुर पुन देबिस्थान,टिका खडका भरजुला, भिम माया रोका  दरबाङ, संझना बि.क दरबाङ, अमृता कंडेलु. चन्द्र बहादर बि.क. पाखापानी, लागयतका रहेका छन । नव प्रबेशीहरु लाई उपाध्याक्ष मिना पन्धाक (लिम्बु) ले अबिर टिका लगाई  स्वागत गरेका थिए l म्याग्दी जिल्ला अध्यक्ष नर बहादुर थापाको अध्यक्षतामा संचालित सो र्कायक्रमको उद्घोषण बाग्लुङ जिल्ला अध्यक्ष कुमार काउछाले र्गनु भएको भएको थियो भने स्वागत भाषण र्पवत जिल्ला अध्यक्ष ओम बहादुर रोका मगरले गरेका थिए l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %