नेपालका खोलानाला बिक्री भैसके । अब काठमाण्डौको बिमानस्थल बेच्ने रे । लोपान्मुख गैँडा, बाघ र भालु बेचिइसके । मन्दिरका पौराणिक मुल्यवान मुर्तिहरू बेचिइसके । अहिलेको चुनाव गराउने मान्त्रिमन्डलको सम्रचना देख्दा त अब यी नेपालका सासकहरू हिमाल, पहाड र तराई पनि बेच्ने सुरमा छन् जस्तो भान भा छ । यिनलाई आफ्नो देशको माटोको माया लागोस पनि कसरी ? जसले मानव सभ्यता कालदेखिनै त्यो माटोमा खन-खोसर गर्छ त्यसैलाई न लाग्ने हो आफ्नो भुमीको माया ।
त्यस्तै हल्ला सुन्नमा आएको छ याँहा बेलायतमा पनि । लन्डनमा अवस्थित हाम्रो दुतावास भवन बेचिन लागेको छ रे भन्ने हल्ला गाइँ गुइँमात्रै होईन, हालै आएर त खुल्लम खुल्ला छापाहरूमा सुनिन आएको छ । एक ठिटिलाइ सटाक सुटुक भगाएर घरमा भित्र्याए जस्तै, दुतावसलाई खुसुक्क बेचेर दाम कुम्ल्याउने मनसाय थियो होला । तर कसरी हो कुन्नी, त्यो कुरो बेल्पाली सन्चार माध्यममा चुहे पछि एक कान दुइकान मैदान हुँदै हामीमाझ पनि आइपुग्यो । म जस्तो साधारण मान्छेलाई किन चासो लाग्यो? मै आफैलाई प्रश्न गरें । ए ! दिन रात यो मन् नेपाल तीर गए नी, बेलुका कामबाट आएर खाने अनि बास बस्ने त यहिं बेलायतमा हो । देश कैले सुध्रेला भन्दा भन्दै चिन्ता गर्दै बेलायत बसेको पनि दसक पुग्न लागेछ । ए ! यति भएसी नेपाल् अब फर्कीइन्न । बाँकी उमेर् यँही बिताउने हो । यो मेरो शरीर यँहीको माटोमा मिल्ने हो जस्तो लाग्यो । सदैकालागी यतै जिन्दगी बिताउने भएसी लाग्दैन त आफ्नो सम्पत्तिको माया ? त्यसैले दुतावासको भवन फोटोमा देख्दा आफ्नै घर जस्तो लायो । आफ्नै घरलाई कसैले सुटुक्क बेच्दै छ भने हेरेर बस्नु हुन्न भनि यी पङ्तीहरू लेख्ने प्रयास गरेँ ।
बेलायतमा स्थापित सयौँ नेपालि संस्थाहरूले पार्टी मात्रै खान्छन, दुई चार जनाले पद मात्रै सम्हाल्छन भनेको त, गतसाता यतिका सङठनहरू मिलेर दुतावास गै भवन् बेच्न लागिएको बिषयलाई लिएर छल्फल गरेको देख्दा खुशी लाग्यो । ए ! यि सङठनका सयौं अग्रजहरूलाई पनि मलाइ जस्तै दुतावास भवनको माया लागेछ भन्ने भान भयो । जनजाति महासङ, जातिय सँस्थाहरु, सामाजिक सङठनहरु, राजनैतिक पार्टीहरू, भु पु सैनिक सङठनहरू, गैर आबासिय नेपालि समाज दुतावास भवन बेच्न हुन्न भन्दै एउटै मन्चमा उभिएको देख्न पाउँदा सम्पुर्ण बेल्पालीलाई खुसी लाग्नु स्वाभाबिकै हो । यो सहकार्यले याँहा च्याउजस्तै उम्रेका सङठनहरूको धमिलो छबीलाई अलिकति भएनी सङ्ल्याउने कार्य भएको छ जस्तो मलाइ लागेको छ ।
गोर्खालीको बलिदानको प्रतिक स्वरुप लन्डनको मुटुमा उब्बिएको भवन बिक्रीको बारेमा धेरै अड्कलबाजी गरिएको छ । भवनको मरम्म्त खर्च बेहोर्न नसकेर बेच्नतिर लागिएको हास्यस्पद कुरा हो । मरमत खर्च गोजितिर हाले पछि कहाँ हुन्छ त! दुतावासको दाइने बाँया अरबियन बादसाहका चम्किला भवनहरूको माझमा भत्कन लागेको भुत बङाला जस्तो देखिएर लाजले हो की बेच्न खोजिएको ? राम्रो मुल्य पारेर आधा पैसा गोजिमा, आधा पैसाले अन्त कतै- प्लम्स्टिड, पस्चीम लन्डनको हान्स्लो, वेम्बले, ह्यारो जँहा नेपालिको घना बस्ती छ त्याँहा पो अर्को भवन सस्तोमा किन्न खोजिएको हो की ? मेरो बिचारमा त फार्नबरोमा किने झनै बेस ।
दुताबासमा जाने काम मेरो अझै सम्म परेको छैन् । न त दसैं,तिज र प्रजातन्त्र दिवसमा मलाइ कसैले निम्तो गरेका छन । तर सुनेको- बाहिर भित्र भित्ताहरू उक्केका छन रे । केही बर्ष अगाडी एकजना सन्चार कर्मी बैनीले भनेको- दुतावसको सौचालय रत्न पार्कको सौचालय जस्तै गनाउँछ रे । उनले धन्दै वाकेकी रे । एक क्लिनर कन्ट्र्याक्टरलाई हप्तामा दुई तीन दिन सरसफाइ गर्न राखे पनि हुन्थ्यो नी ? बिदेसमा एमए, पीएचडी गरेका दुतावासका कर्मचारीलाई यति मति पनि न आको बेलायतजस्तो सभ्य ठाउँमा आएर पनि ! ती बैनीले त्यस्तो कुरो सुनाउंदा भिसा लिन जाने बिदेशिले के ठान्दाहुन हामि नेपालिप्रती भनेर मलाइ लाज लागेको थियो ।
गत साताको उक्त भेलामा म त गैन । तर पत्रिकामा पढेपछी दुतावास भवन बिक्री प्रकरण के जस्तो लाग्यो भने, गाबिस को सचिवालय भवन गाबिस अद्ध्यछ्य र जिल्लाबाट आएका अधिक्रितहरू मिली बेचेर खाने चाल जस्तो लाग्यो । यस भवन बिक्रिका सम्योजक स्वयम राजदुत ड. सुरेशचन्द्र चालिसे, जसलाई जनताका राजदुत भनि उपमा पनि दिएको छ, रहनु भएको हुँदा अहिले सम्म उँहाले बेल्पालीलाई गर्नु भएको योगदानप्रती सङ्का छाएको छ । यो उँहाको कार्यकालको अन्तिम बर्ष होला, तर जाने बेलामा यस ऐतिहासिक भवनलाई बेचेर सम्पुर्ण बेल्पालीहरूको भावनालाई भत्काएर त जानु हुन्नहोला भन्ने सबैले आसा लिएका छन ।
बिजय हितान, बेलायत