गोविन्द घर्ति
नेपालगन्ज दाङ्ग , चैत्र २८ । संविधान सभाको निर्वाचनको मिति सर्वदलिय सहमतिबाट मात्र तोक्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताउनु भएको छ । उहाले चारदलको सिन्डिकेटको अन्तय हुनु पर्ने र सर्वदलिय उच्च राजनैतिक समिति गठन गर्नुपर्नेमा जोड दिनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति दाङ्गले आयोजना गरेको चारदलिय अधिनायकवादको विरोध र संविधान सभाको निर्वाचन सुनिश्चिता लागि दवाव सभालाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । सभालाई सम्वोधन गर्दै महासचिव सूर्यवंशीले खिलराज रेग्मीले सरकारको प्रमुख वा प्रधानन्याधिस मध्ये एउटा पदबाट तत्काल राजीनामा दिनु पर्ने बताउनु भयो ।
नेता सुर्यवंशीले बैदेशिक रोजगारमा गएका नेपालीहरुलाई कार्यरत मुलुकमा नै अवको संविधान सभाको निर्वाचनमा भोट हाल्ने वातावरणको व्यवस्था मिलाउनु पर्नेमा जोड दिनु भयो । समानुपातिक सिट घटाउन नपाईने, आगामी संविधान सभा सदस्यले पारिश्रमिक लिन नपाईने व्यवस्था गर्नु पर्ने नेता सूर्यवंशीले बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति दाङ्गका अध्यक्ष जीत बहादुर बुढाको अध्यक्षता र सचिव मुक्त बुढाको संचालनमा भएको कार्यक्रममा संघीय परिषद सदस्य रविन्द्र उच्च नेपाली, लिला पुन, मोहन सारु, राष्ट्रिय युवा मोर्चाका रण बहादुर यादव लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा शिवराज पुन र मिन बहादुर पुनको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी करिव ५० जना युवाहरु राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको छ । पार्टी प्रवेश गरेका युवाहरुलाई महासचिव केशव सूर्यवंशीले पार्टी सदस्यता प्रदान गर्नु भएको थियो ।
