सहमति बिना निर्बाचन भए बिथोल्छौ : बिप्लब

Read Time:4 Minute, 3 Second

देब पचभैया, पाल्पा २७ चैत्र, नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द्र विप्लबले उच्च स्तरीय राजनीतिक सहमति विना देशमा अर्को संविधान सभाको निर्वाचन भए त्यसको प्रतिकार गर्ने बताउभएको छ । उहॉले सरकारले सहमति विना चुनाव गराउने प्रयत्न गरे चुनावलाइ असफल बनाउन माओवादीले जस्तोसुकै अवस्थाको पनि समाना गर्न तयार रहेको बताउनु भयो ।
क्रान्तिकारी पत्रकार महासंघ मगरॉत राज्य समितिको आज बाट पाल्पामा सुरु प्रथम सम्मेलनको उद्घाटन समारोहमा बोल्दै सचिव चन्द्रले यही अवस्थामा चुनाव भएमा अहिले नेता नेता विच भएको जुहारी जनता जनता बिच भिडन्तमा परिणत हुने र देशमा रक्तपातपुर्ण अवस्था आउने चेतावनी दिनुभयो । 
यो सरकार संविधान विपरित, शान्ती सम्झौता विपरित, १२ बुदे सहमति विपरित, राजनितिक दलको भावना बिपरित सम्पुर्ण निति नियम विपरित गठन भएकोले सरकारले गराउने जुनसुकै खाले चुनाव लाई असफल बनाउने पार्टीको मुख्य योजना नै भएको माओवादी सचिव चन्दले चेतावनी दिनुभयो ।  शिर्ष नेताहरु गम्भिरतापुर्वक अगाडी बढ्न नखोजेकोले  देशमा हिंसाको अवस्था उत्पन्न हुदै गएको  बताउदै सचिव चन्द्रले राजनीतिक र सामाजिक विषयलाई केन्द्रमा राखेर उच्च स्तरीय  सहमति विना देश अगाडी बढ्न नसक्ने बताउनु भयो ।
यो सरकार टिकिरहेमा देशलाई हिंसा, अशान्ति र द्वन्द्व तर्फ लैजाने उहाको भनाई छ ।  ४ दलको निर्णयले  मात्रै देश अगाडी बढ्न नसक्ने दाबी गदै सचिव चन्द्रले सबै असन्तुष्ट पक्ष, आवश्यक परे विदेशी र पर्दा पछाडी रहेका शक्तीहरु बिच बसेर सहमति नगरे सम्म देश झन जटिलता तिर जाने बताउनु भयो ।
देशमा नेताहरु असफल भएकोले जनताहरु रुष्ट बन्दै गएको फेसवुक जस्ता सार्वजनिक मिडियामा नेताहरु लाई कुकुर लाई जस्तो गालि गरेको देख्दा आत्मग्लानी हुने गरेको माओवादी सचिव चन्दले बताउनु भयो । सम्मेलनमा ९ जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको छ । ४५ जना प्रतिनिधी रहेको सम्मलेलनले नया कार्यसमिती चयन गर्ने छ । कार्यक्रममा क्रान्तीकारी पत्रकार महासंघका केन्द्रिय संयोजक कुमार शाह, मगरात राज्य समितिका ईन्चाज सन्तोष बुढा मगरात अन्तरगत जनवर्गिय संगठनका ईन्चााच चरामणि ओली, प्रमुख जिल्ल अधिकारी शिवराज जोशी, पत्रकार सेनानी मेघराज शर्मा, पत्रकार महासंघका सभापति भगवान भण्डारी, खेलकुद पत्रकार मञ्च पाल्पाका उपाध्यक्ष अनिल लिगल, नेकपा माओवादी अर्घाखाचीका ईन्चाज भेषराज भुसाल, नेकपा माओवादी पाल्पा सह ईन्चाज धिरज राना, बुद्धिजिवी निर्मल श्रेष्ठ लगायतले शुभकामना दिनुभएका थिए । कार्यक्रम क्रान्तीकारी पत्रकार महासंघ मगरात राज्य समितिका संयोजक शोभाखर पन्थीको सभापतित्वमा र सचिव रेखीराम रानाको संचालनमा चलेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %