एक दिने कार्याशाला सम्पन्न

Read Time:2 Minute, 3 Second

पाल्पा, चैत्र २७, क्षेत्रिय शिक्षा निर्देशनालय, पोखराको आयोजनामा शैक्षिक सुधारका लागी संचार माध्यम संग सहकार्य बिषयक एक दिने कार्यशाला गोष्ठी आज तानसेनमा सम्पन्न भएको छ ।
शैक्षिक तालिम केन्द्र तानसेनको तालिमहलमा सम्मन्न कार्यशालामा क्षेत्रिय शिक्षा कार्यालय पोखराले गर्दे आएको काम कारबाहीको बारेमा जानकारी दिदै शैक्षिक गुणस्तर सुधारको लागी चाल्नुपर्ने कदमहरुको बारेमा छलफल भएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय शिक्षानिर्देशक  बिष्णु बहादुर द्धारेले शिक्षाको गुणस्तर सुधार गर्नको लागी सरकार र कर्मचारीहरुले मात्रै केही गर्न नसक्ने भन्दै अभिभाबक , पत्रकार सबैको योगदान रहनुपर्नेमा जोड दिनुभएको छ । पश्चिमाञ्चलका १६ जिल्ला मध्ये पाल्पा जिल्ला,  शिक्षाको क्षेत्रमा निकै अगाडि रहेको बताउदै क्षेत्रिय निर्देशक द्धारेले शिक्षकहरु राजनितिक दलको प्रतिनिधि बनेर कार्यक्रममा हिडिरहेकोले त्यस्तालाई कडा कारबही गर्ने चेतावनी दिनुभएको छ । क्षेत्रिय  शिक्षा कार्यालय पोखराका  उपसचिब  केशरी रमण न्यौपानेले सहजिकरण गर्नुभएको कार्यक्रममा पाल्पाका बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारी, जिल्ला शिक्षा अधिकारी प्रेम नाथ पौडेल लगाएतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %