जेष्ठ नागरिकहरुलाई राज्य, समाज, परिवारले पुरा गर्नु पर्ने दायित्व पुरा गर्न नसकेको

Read Time:2 Minute, 19 Second

गोविन्द घर्ति

देवदह चैत्र २६ । जेष्ठ नागरिकहरुलाई राज्य, समाज, परिवारले पुरा गर्नु पर्ने दायित्व पुरा गर्न नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । देवदह गाविसले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै जिल्ला विकास समिति रुपन्देहीका योजना अधिकृत गजेन्द्रनाथ शर्माले जेष्ठ नागरिकहरुको लागि पालन पोषण, रेखदेख, औषधी उपचारको जिम्मा राज्यले लिनु पर्नेमा जोड दिनु भयो । जेष्ठ नागरिकहरुलाई स्थानीय निकायले खासै वास्ता गर्न नसकेको अवस्थामा देवदह गाविसले सम्मानको कार्यक्रम राखेर उदारणीय कामको थालनी गरेको उहाले बताउनु भयो । देवदह गाविसका सचिव बब्रु वहान सापकोटाको अध्यक्षता, जय किशन अधिकारीको स्वागत र सृजना वलीको संचालनमा भएको कार्यक्रममा नेकपा एमालेका धुव्र खरेल, नेकपा माओवादीका नमराज पुरी, एकिकृत नेकपा माओवादीका कृष्ण ढकाल, नेपाली काग्रेसका दुर्गा बहादुर राना, राप्रपाका मित्रलाल खरेल, नेकपा एकिकृतका निमकला पुन, देवदह प्रहरी चौकीका प्रेम सिंह कुवर, पजरकट्टी गाविस सचिव रामप्रसाद शर्मा, सेवा विकास बैकका डण्डपाणी भट्टराई, फुलमाया कुवर, खेमनारायण अधिकारी लगायतले बोल्दै स्थानीय निकायमा हुने ढिलासुस्तीले जेष्ठ नागरिकलाई समस्या पर्ने गरेको बताएका थिए । सो अवसरमा देवदह गाविसमा रहेका ८० वर्ष भन्दा माथिका करिव १ सय ७५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %