गोविन्द घर्ति
देवदह चैत्र २६ । सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई स्थानीय स्वायत्त शासन ऐन अनुसार अस्थायी निस्सा दिनु पर्ने देवदहको घोडाहामा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । नेपाल भूमिहिन तथा सुकुम्वासी संगठन देवदह–७ को वार्ड भेलामा बोल्दै उनीहरुले राज्यले सुकुम्वासी र भूमिहिनलाई वेवास्ता गरेका कारण समास्या बढ्दै गएको बताए । देवदह ७ का निर्वतमान वार्ड अध्यक्ष केशवराज रेग्मीको अध्यक्षता र तुलाराम पाण्डेको संचालनमा भएको कार्यक्रममा नेपाल भूमिहिन तथा सुकुम्वासी संगठन रुपन्देहीका अध्यक्ष सिद्धिचरण भट्टराई, संगठनका जिल्ला अध्यक्ष तोलराज वि.क, देवदह अध्यक्ष हिमलाल पाण्डे, वडा नागरिक मञ्च देवदह–७ का विष्णु भट्टराई, नेकपा एमाले देवदहका सदस्य खैराज शर्मा, नर बहादुर केसी लगायतले बोल्दै सुकुम्वासी समस्या समाधान गर्न राज्य ईमान्दार भएर लाग्नु पर्नेमा जोड दिएका थिए । भेलाले कृष्ण प्रसाद भूषालको अध्यक्ष रहेको १५ सदस्यीय संगठनको वार्ड कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा नर बहादुर केसी, सचिवमा गोविन्द श्रेष्ठ, सहसचिवमा मिना ढकाल, कोषाध्यक्षमा पुर्ण बहादुर श्रेष्ठ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा भिम बहादुर गुरुङ्ग, नरेश्वर पाण्डे, विरमाया गुरुङ्ग, केशराज पौडेल, रोहिणी सापकोटा लगायत रहनु भएको छ ।
