चैत १ गतेको असंबैधानिक कदम सच्याउन दबाव कार्यक्रम जारी

Read Time:2 Minute, 53 Second

के. मगर, तनहुँ, चैत २३, राष्ट्रिय जनमुक्ति पार्टीले चैत ८ गते राष्ट्रपति डा. रामबरण यादब र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाई चार दलिय अधिनायकबादको बिरुद्घमा शुरु गरिएको एक महिने आन्दोलन कार्यक्रम देश भरि जारी छ । राजनीतिक निकासको नाममा चार दलिय अधिनायकबाद लाद्न खोजिएका र न्यायलयलाई ध्वास्त बनाएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले मिति २०६९ चैत ८ गतेदेखि आन्दोलनका कार्यक्रमहरु आगडि सारेका छ । जिल्ला तहमा सर्वदलीय-सर्वपक्षिय  अन्तर संबाद कार्यक्रम, प्रत्येक निर्बाचन क्षेत्रहरुमा क्षेत्रीय आमसभा तथा कोण सभाहरु सम्पत्र भैसकेका छन । यसै आन्दोलन कार्यक्रम अन्तर्गत  मिति चैत २५ देखि ३१ सम्म देशका बिभित्र ठूला सहरहरुमा बिरोध सभा तथा जनप्रदशन कार्यक्रम हुने कुराको जानकारी पार्टी स्रोतले जनाएका छन । 
    मगरात राज्य परिषदका सचिव खडक बहादुर आले मगरले दिनु भएको जनाकारी अनुसार, मगरात राज्य अन्र्तगत म्याग्दीको बेनी बजारमा चैत २८ गते, स्याङ्गजा जिल्लाको पुतली बजारमा ३० गते विरोधसभा तथा जनप्रर्दशन हुदैछ । चार दलिय अधिनायकबाद एवं चार दलीय सेन्डिकेटको बिरुद्घमा उक्त आन्दोलन उत्रेका हुन । कथित चार दलिय उच्च स्तरीय समितिको खारेजीको माग गर्दै, चैत १ गतेको असंबैधानिक कदम सच्याउन बाध्य तुल्याउन, तथा आगमि  निर्वाचन लाई  सुनिश्चता, पारदर्शी, विश्वासनीय र साझा अभियानको रुपमा सम्पत्र गर्न खबरदारी सभाको रुपमा उक्त विरोध सभाहरु आयोजना गरेका कुरा परिषदका सचिव आले मगरले बताएका छन । उक्त विरोध सभा लाई राष्ट्रिय जनमुक्तिपार्टी संघीय परिषदका बरिष्ठ उपाध्यक्ष शिव लाल थापा मगर अर्का उपाध्यक्ष मिना पन्धाकले संबोधान गर्ने कार्यक्रम रहेका छन । यसै गरि संघीय परिषदका सदस्यहरु, मगरात राज्य परिषदका पदाधिकारीहरुबाट पनि  उक्त सभालार्इ संबोधान गर्ने कार्यक्रम रहेका छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %