अनिज रुपन्देहीको अधिबेशन सर्यो

Read Time:1 Minute, 11 Second

गोविन्द घर्ति रुपन्देही, नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) जिल्ला समिति, रुपन्देहीको चैत्र १७ गते बुटवलमा हुंने भनिएको चौथो जिल्ला अधिवेशन तीन दिन पछि सरेको छ । संघको आज बुटवलमा बसेको बैठकले चैत्र २० गते गर्ने गरि तीन दिन पछि सार्ने निर्णय गरेको हो । बैठकले अधिवेशनको आवश्यक तयारी नपुगेको भन्दैं अधिवेशन सार्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नेतृत्वमा समावेशी गर्ने निर्णयलाई पोखरामा भएको २३ औं साधारण सभाले अस्वीकार गर्ने निर्णयप्रति बैठकले विरोध गदैं नेतृत्वमा समावेशी गर्न महासंघसंग माग गरेको छ । अनिज रुपन्देहीका अध्यक्ष भीम गुरुङ्गको अध्यक्षता र सचिव टेकबहादुर मास्कीरानाको संचालनमा बैठक सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %