देब पचभैया पाल्पा,चैत्र १७
पाल्पामा आज भएको सडक दुर्घटनमा परि एक जनको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
बुटवलबाट पाल्पाको श्रीडाडामा चुनढुंगा लिन आउदै गरेको बा २ ख ६६१९ नम्बरको ट्रिपर आज दिउसो पाल्पाको दोभान ५ मा दुर्घटना हुदा रुपन्देहि सिद्धार्थनगर नगरपालिकाका ३० वर्षिय खाजल अहमद खानको मृत्यु भएको हो । दुर्घनमा परि गम्भिर घाइते भएका ट्रिपरका हेल्पर खानको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परि गम्भिर घाइते भएका रुपन्देहि टिकुलीगढका चालक अन्दाजी २६ वर्षिय कमल चमार, सिद्धार्थनगर नगरपालिकाका २१ वर्षिय अमरदिप केवटको थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । अन्य घाईतेको बुटवलमा उपचार भइरहेको छ । ट्रिपर सडकबाट करिव २ सय मिटर तल खसेर दुर्घटनामा परेको थिया ।
