नेपाल पत्रकार महासंघको ५८ औं स्थापना दिवस रुपन्देहीमा पनि मनाइयो

Read Time:2 Minute, 32 Second

गोविन्द घर्ति देवदह ,

नेपाल पत्रकार महासंघको ५८ औं स्थापना दिवस देशभरका शाखाहरुले बिभिन्न कार्यक्रम गरि मनाएका छन । यसैक्रममा रुपन्देहीमा पनि नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवलमा प्रभातफेरी गरेको छ । पत्रकार महासंघको कार्यालयबाट निकालिएको प्रभातफेरीको र्याली बुटवलका बिभिन्न स्थानमा पुगेर पुनः महासंघमा आएर सकिएको थियो ।

र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन चापागाईले पत्रकारहरु अझ बढी व्यबसायिक रुपमा बिच पत्रकारिता तर्फ केन्द्रीत हुंदै मिसन पत्रकारितामा लाग्न जोड दिनु भयो । उहाले नेपाल पत्रकार महासंघको हालै पोखरामा भएको साधारण सभामा बिधान पारित गर्दा अर्का कानुनी अड्चन उत्पन्न हुने भएकोले पारित नगरिएको प्रष्ट्याउनु भयो ।

३५ दिन अगावै प्रत्येक पार्षदलाई कुन कुन बिधान शंसोधन गर्न लागिएको हो त्यो जानकारी गराउनु पर्ने र त्यो पहिले नै नगरिएकाले एकाएक बिधान शंसोधन गर्दा कानुनी जटिलता उत्पन्न हुने भएकाले त्यसो नगरिएको प्रष्ट्याउनु भयो  । रुपन्देही शाखाका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही शाखाका संस्थापक अध्यक्ष वालकृष्ण चापागाई, सल्लाहकार सुमन अधिकारी, प्राध्यापक ऋषि भुसाल, उपाध्यक्ष रामराज पोखरेल, प्रेस चौतारीका केन्द्रीय सदस्य भरत केसी, नेपाल प्रेस युनियन रुपन्देहीका सचिव बिक्रम खड्का, क्रान्तिकारी पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष ओम पंगेनी, अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, महासंघ रुपन्देहीका सहसचिव टिपि भुसाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %