देब पचभैया पाल्पा , चैत्र १७
कास्कीको फिर्के खोला क्षेत्रमा अव्यवस्थित रुपमा बनाएको घर टहरा भत्काएको समाचार संकलनका लागि गएका नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) का महाधिवेसन प्रतिनिधि तथा एवीसी टेलिभिजनका पोखरा व्युरो प्रमुख एमबी आस्था र अनिजका सदस्य तथा कास्कीस्थित गोल्डेन आई टेलिभिजनका सञ्चारकर्मी गीता रानामगरमाथि भएको सांघातिक आक्रमणको अनिजले घोर भत्र्सना गरेको छ ।
कानुन मिचेर बनाइएका घर टहरा भत्काउन स्थानीय प्रशासनसहितको टोलीसित गएका सञ्चारकर्मीहरु (आस्था र रानामगर)माथि भएको आक्रमण निन्दनीय मात्र नभई खेदजनक रहेको अनिज केन्द्रले भनेको छ । भत्काउन लागेका घरटहराको भिजुअल लिने क्रममा क्यामेरा खोस्ने, लछार–पछार पार्ने र ज्यान मार्ने धम्की दिने कार्यको घोर भत्र्सना गर्दै धम्की दिनेहरुको पहिचान गरी सशक्त कारवाही गर्न समेत अनिजले माग गरेको छ ।
