गोविन्द घर्ति
रुपन्देही / नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) जिल्ला समिति,रुपन्देहीको चैत्र १७ गते बुटवलमा हुंने भनिएको चौथो जिल्ला अधिवेशन तीन दिन पछि सरेको छ । संघको आज बुटवलमा बसेको बैठकले चैत्र २० गते गर्ने गरि तीन दिन पछि सार्ने निर्णय गरेको हो । बैठकले अधिवेशनको आवश्यक तयारी नपुगेको भन्दैं अधिवेशन सार्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नेतृत्वमा समावेशी गर्ने निर्णयलाई पोखरामा भएको २३ औं साधारण सभाले अस्वीकार गर्ने निर्णयप्रति बैठकले विरोध गदैं नेतृत्वमा समावेशी गर्न महासंघसंग माग गरेको छ । अनिज रुपन्देहीका अध्यक्ष भीम गुरुङ्गको अध्यक्षता र सचिव टेकबहादुर मास्कीरानाको संचालनमा बैठक सम्पन्न भएको थियो ।
