जीपी कोइरालादेखि खिलराजसम्म (राष्ट्रिय मगर माला–आठौं भाग)

Read Time:21 Minute, 31 Second

गोरे बहादुर खपाङ्गि मगर

वहुदलीय शासनप्रणालीको पुनर्वहाली (२०४७ विसं) अन्तरिम सरकारको गठन । नेपाली काँग्रेसका कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री । भारत भ्रमण र साझा नदीको अवधारणा । यसको अर्थ नेपालका ६ हजार नदीनालाहरुमा भारतको आधा अधिकार सुरक्षित । यसैको परिणाम महाकाली सम्पूर्ण भारतकै । प्रधानमन्त्री शेरवहादुर देउवा । प्रतिपक्षी एमाले । यसो गरिनु राष्ट्रघाती कदम । राष्ट्रमा त के जनजातिमा समेत पनि विकास नभएको नेपाली जनता यसवारे पूर्णरुपेर्ण वेखवर ।

   यो पुनर्वहालीको पहिलो आमचुनाव २०४८ विसं । यसको अर्थ चुनावमा वालिक मताधिकारको प्रयोग । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । पञ्चायत शासनप्रणालीको विरासत वा भूतवाट भयभीत गिरिजा र उहाँको सहयोगी तेश्रो मुलुकवाट प्राप्त निर्देशनको वलमा निवर्तमान पञ्चायती शासनव्यवस्थाका हजारौं हजार कर्मचारीहरु जो विदेशवाट शिक्षा प्राप्त गरेर आएका थिए, लाई अवैधानिक तरिकावाट नियम मिचेर वर्खास्त । तेश्रो मुलुकसँग सन्धि सम्झौता भइरहदाँ, हुनेगर्दा ती हटाईएका कर्मचारीहरुको भूमिका तरल थिएनन् । उनीहरु गिरिजाप्रसाद कोइराला र उहाँका विदेशी पक्षधर शक्तिको लागि खिल (काँडा) नै थिए, झिकेर फाले ।

    मलाई लाग्छ गिरिजाको पहिलो प्रधानमन्त्रित्वमा कर्मचारीको वर्खास्तगी नेपाली राष्ट्रवादको जगमा पहिलो चोट थियो । यसपछि जीपी कोइरालाको शासकीय आरनमा लिहीमाथि काँचो फलाम राख्तै होत्रो वजारिन थालियो । लगातार एकपछि अर्को देशद्रोही कार्य गर्न थालियो । छिमेकी तथा मित्रराष्ट्र चीनवाट प्राप्त सहयोगको रुपमा चिनिएका उद्योगहरु राज्यकोषमा कौडी मात्र वुझाएर असंख्य राष्ट्रिय दौलतमा पटनामा जन्मिएका जीपी कोइरालाले आफू र आफना क्लोज काम्रेडस्–इन आम्स्वाट व्रम्हलुट गरे नीजिकरणको नाउँमा । नेपाललाई अधोगति दिएर कृषिको निःकृष्ट सामन्ती युगमा पु–याए यिनले । यो वाशिङ्टन डीसी कन्सेन्सस् १९९० को परिणाम थियो । विस्तारै सम्पूर्ण पव्लिक संस्थाहरु प्राइभेट गर्दै लगियो  । गरिवीको रेखामूनि रहेका नेपाली जनताले महँगो शिक्षा स्वास्थ्यवाट आक्रान्त भएका छन् ।

   जीपी कोइरालाकै कुर्सिवाट धमिजा र लाउडाजस्ता राष्ट्रघाती कदम नेपालले भोग्नुप–यो । यसै प्रशंगमा नेपाली काँग्रेसी सरकारको प्रमुख पक्षमा रहेका एकीकृत माकर्सवादी लेनिनवादी (एमाले) ले मौकावश ९ महिनासम्म एकलौटी शासन ग–यो । यो अवधिमा पनि मुलुकले राष्ट्रघाती प्रतितपत्र (एलसी) घोटाला काण्ड वेहोर्नुप–यो । यो पनि नेपालको इतिहासमा अमित छ । यो कालमा साधु प्रधानमन्त्रीको नाउँवाट चिनिनुहुने मनमोहन अधिकारीले अमेरिका भ्रमणमा जानुहुदाँ राज्यकोषवाट लिनुभएको ६ हजार डलर संसदमा हंगामाको विषय भएको थियो । गरिव मुलुकवाट अमेरिका पुगेका प्रधानमन्त्री अधिकारीको सम्पूर्ण खर्च अमेरिकी सरकारले नै वेहोरेको थियो । तसर्थ पनि यो ६ हजार डलर कोषमा फिर्ता गरिनुपर्छ भन्ने आवाज संसदमा उठेको थियो । यसवारे सम्पूर्ण विवरण त्यसवेलाका छापाखानाहरु साँक्षीको रुपमा छन् ।

   श्रीकृष्ण गीतामा स्पष्ट भनिएको छ, ‘‘पर धर्मो भयावह” । यसले सावित गर्छ कि देश काल परिस्थिति सुहाउदो छ भने मात्र विदेशी विचार ग्राह्य हुन्छ अन्यथा राष्ट्रघात नै हो । यसले नेपालको संस्कृति त्यसवाट निःशृत सभ्यता । यसवाट निःशृत देशभक्ति र यसवाट विकसित राष्ट्रवाद शनै : शनै ध्वस्त पार्दै लान्छ । यसको लागि जीपी कोइरालाले तथाकथित १० वर्षे जनयुद्धवाट निःशृत तत्कालीन नेकपा (माओवादी) लाई आफनो वागडोर सुम्पेको देखिन्छ । क्रमिक रुपमा यो वागडोर माओवादीमा आएपश्चात राज्यका अविभाज्य अंगहरु ध्वस्त हुदैगएका छन् । सर्वप्रथम यसले नेपाली जनताको सार्वभौम वालिक मताधिकार पार्टीगत रुपमा विभाजन गरेर धुलोपिठो पारेको छ । सम्पूर्ण जनताहरु पार्टी कार्यकर्तामा रुपान्तरित भइसकेका छन् । जनतालाई यहाँ ल्याइपु–याउन पार्टी सरकारले उनीहरुको स्थानीय चासो र खाँचोलाई दलगत चुनाउ दिएर पार्टीको साँचोमा राखेर पार्टीप्रति पूर्णरुपेर्ण आश्रित वनाइदिएको छ । जनता असंगठित शक्ति हो । यसलाई पार्टीगत संगठनमा रुपान्तरित गरिएको छ । परिणाम यसले संसदकै जस्तो चुनाउ स्थानीय चुनाउमा पनि भोगेको हुन्छ । विकासको लागि चुनाव गराइदैन ।

यी राष्ट्रघाती कदमले आफनो शिकार राज्यको अर्को अंग नेपाल प्रहरीलाई पनि ध्वस्त पारेको छ । यो राष्ट्रवादी अंग आज राज्यको नभई दलको भएको छ । यसलाई सुडानजस्तो काण्डवाट विश्वव्यापी रुपमा वदनाम गराईएको छ । यसले आफनो लोगोमा राखेका ‘सत्य सेवा सुरक्षा’ धुमिल पारिदिएको छ । जनताको सेवाको लागि निर्माण गरिएको प्रहरी पार्टी सेवामा टोपी फालेर लागेको छ ।

यसैगरी राष्ट्रघातको अर्को शिकार राष्ट्रसेवक भनेर चिनिने कर्मचारीतन्त्र भएको छ । यो संस्था हिजोआज आफनो भाग्य उज्यालो पार्न दलगत भागवण्डामा आइपुगेको छ । दलविहीन व्यक्ति दलविहीन समाज पार्टीको निर्देशनमा निर्ममतापूर्वक शोषित हुनुपरेको छ । गिरिजाप्रसाद कोइरालाले राष्ट्रघात गर्न पार्टीघात गर्नुप–यो । फलस्वरुप पार्टीका संस्थापकहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पार्टीवाट अलग हुनुप–यो । काँग्रेस पार्टीवाट अनेकन राष्ट्रवादी कार्यकर्ता पलायन हुदैगए जो छन् भोग्दैछन् । यसरी मुलुकले नै एकपछि अर्को राष्ट्रघाती चोट सहदै जानुपरेको छ । कहिंल्यै उपनिवेश नरहेको नेपाल यिनै दलहरुको कारणवाट नवउपनिवेशवादको शेहे सहनु परिरहेछ । धृष्टतावश नेपाली कम्युनिष्टहरु नेपाललाई अर्धउपनिवेश भनेर आफनो वौद्धिक दुष्शाहसको परिचय दिदैछन् । यो विडम्वना हो । विदेशी विचारको दासत्व भोगिरहेको वर्तमान सत्ता भारतले निर्लज्जतापूर्वक वुद्ध नेपालमा जन्मेका नभई भारतमा जन्मेका हुन् भन्दा पनि नियोजित रुपमा मौन बसेको छ ।

   जनता मोटा भए, दरवार वलियो हुन्छ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको स्थान हिजोआज ‘साहु महाजन, मोटा भए दलहरु वलिया हुनेछन्’ ले लिएको छ । एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले हिजोआज फोवर््स पत्रिकावाट निर्मित विश्व धनाढय व्यक्तिहरुको नामावलीमा उद्योगपति विनोद चौधरीलाई ३ अरव भ्याट छलिवाट मुक्त गरिदिएको परिणामकै कारणवाट धनाढय व्यक्तिको रुपमा ख्याति पाए चौधरीले । तत्कालीन अर्थसचिव रामेश्वरप्रसाद उपाध्याय, निवर्तमान प्रधानमन्त्री डा. भट्टराईका आर्थिक सल्लाहकारले पदवाट राजीनामा दिएर अर्थमन्त्रीको अर्थ पिपासालाई निर्वाद वल पुगेको छ ।

   यस्तै छ यहाँको चाला । यो भनाईवाट निराश नहुनु किनभने निराश हुनु वुद्धिमानी संकेत कदापी होइन । यसपछि राष्ट्रियताविरोधी दलहरु नेपालीमाथि जाइलागे । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाल र प्रधानमन्त्री क. पुष्पकमल दाहालको चर्चित प्रशंग, राष्ट्रपति रामवरण यादवको कदम र रंगमञ्चका नाटकीय क्रियाकलाप मात्र हुन् । यी सवै कलाकारको चपाउने दाँत भित्र छ । यो जगजाहेर भइसकेको छ । केहि समयअघि वर्तमान प्रधानसेनापति गौरवशम्सेर जवराको मुखार्विन्दवाट नेपाली सेना नेपाल सरकारको जुनसुकै कदम मान्न सदासर्वदा तयार रहन्छ भन्ने उदगारमाथि टिप्पणी नगरि थोरै विचार मात्र गरौं कि नेपाली सेना राज्यको हुन्छ या सरकारको ? नेपालको भौतिक विकास नभएको हुदाँ यसवाट कसै कसैलाई जलन नहुनु स्वभाविक छ । तर, नेपालले आफूलाई कहिल्यै औपनिवेशिक साङ्लोमा बाधिएर बस्नु नपर्दाको अवस्थावाट निर्मित र विरासत ध्वस्त हुनपुग्दा राष्ट्रवादीहरुलाई पीडा हुनु स्वाभाविक हो । अर्कोतिर, यसको स्वतन्त्रतावाट दृष्य अदृष्य शक्तिलाई भने जलन भएको छ । वुद्ध जन्मेको नेपाल शान्तिको नेपाल हो । यस अर्थमा नेपाल सहअस्तित्वको सिद्धान्त अंगिकार गर्ने देश हो । तसर्थ, औपनिवेशिक जुवावाट पीडित मुलुकहरुसँग नेपाल जहिले पनि उसको पीडा शेयर गर्न इच्छुक छ यो आवश्यक पनि छ ।

तत्कालीन माओवादीवाट संचालित गृहयुद्धमा ३० हजारजतिको ज्यान गएको छ । यसको पीडा आफनो ठाउँमा छदै छ । त्यो युद्ध जित्न परिचालित तत्कालीन नेपाली शाही सेनाले जनताले चित्त बुझाउने गरि आफनो भूमिका खेल्न असफल भएको जगजाहेर छ । विश्व परिवेशमै सेनाले युद्धमा भाग लिन्छ । सेना हार्छ जित्छ । यो सार्वभौम छ । नेपालले पनि आफनो सेना युद्धमा प्रयोग गर्दैआएको इतिहास छ । तर, किन हो नेपाली काँग्रेसका रामचन्द्र पौडेलले आगामी हुने संविधानसभाको चुनावमा पनि नेपाली सेना प्रयोग गर्ने कुरा उठाउदै छन् । मुलुकको सार्वभौमिकताको सुरक्षार्थ सेनाको प्रयोग हुन्छ र यसमा जनताको सचेत नागरिकको सवैप्रकारको सहयोग रहन्छ । संविधानसभाको चुनावमा प्रयोग गरिने वालिक मताधिकारको सुरक्षार्थ मुलुकको सेना परिचालन गर्ने अवस्था होभने चुनाव युद्धमय हुदैछ भन्ने संकेत हो । चुनावी युद्ध दुई देशको सीमामा हुने युद्ध नभई सामान्य र नियमित राजनीतिक युद्ध हो । यसको लागि राजनीतिक दल नै यथेष्ट हुन्छ । चित्त नवुझे दलले अपनाउने अनेकन हत्कण्डाहरु छन् । फेयर र फ्रि चुनाव सेनावाट गराउने नभई दलहरुवाटै हुनेगर्छ र हुनु पनि पर्छ । यही अभ्यासवाट प्रजातन्त्र संस्थागत हुन्छ । विडम्वना ! नेपालमा प्रजातन्त्र संस्थागत नभई नै लोकतन्त्र आएको छ, ल्याईएको छ । व्यक्ति रामचन्द्र पौडेलले फतफत गरिरहनु भन्दा हिम्मत भए नेपाली काँग्रेसवाट संविधानसभाको चुनावमा सेना परिचालन गराउने निर्णय गरेर देखाउनु वेश होला । चुनावको निहुँमा सेनालाई जनताको माझमा पठाउदा विवादित हुनजान्छ यो निर्विवाद छ ।

    प्रशंगलाई अझ अगाडि बढाउन चाहान्छु । जीपी कोइराला जीवितै छदाँ केहि सनसनीपूर्ण घटनाहरु भएका छन् । तथापी तिनले पूर्णता भने पाएका छैनन् । गिरिजाप्रसाद कोइराला भन्नैपर्दा सत्ताकै कुर्सिमा मर्नुभो । चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डाको अवसान गर्ने विषय गिरिजाकै पालामा उठ्यो । देशका इतिहासको रुपमा रहेको भावी सन्ततिको लागि संरक्षण गरेर राखिनुपर्ने शाही शालिकहरु ढाल्न थालियो । शाहवंशसँग आवद्ध वस्तुहरु नेपालवाट नष्ट गरिनथालियो भने नेपालका राष्ट्रिय संग्राहलयहरु पनि ध्वस्त भएर जानेछन् । ‘राज’ शव्द तथाकथित गणतन्त्रवादीहरुलाई एलर्जिक भएको रहेछ । नेपाली दुनियाँलाई यिनले यो शव्द राजासँग आवद्ध छ । तसर्थ यसलाई नामेट गरिनुपर्छ भन्ने हल्ला चलाइयो । अनि भए पनि नभए पनि जनताले माने पनि नमाने पनि राजमार्गलाई लोकमार्ग भनिन थालियो । महेन्द्र राजमार्गवाट महेन्द्र शव्द झिक्दासम्म जनताले कहिंकतै प्रष्टरुपमा आपत्ति जनाएको पाइएन । राजलाई झिक्ने नाउँमा राजवहादुरले आफनो नाउँ नै लोकवहादुर राख्ने अवस्था आयो । यसले माओवादीको कदम उपहासमय हुनथाल्यो । यसवाट माओवादी छिछरो पनि हुनगयो । देशभक्त नेपालीको नजरमा माओवादी नकच्चरो पनि देखिनथालियो । नेकमा माओवादीको मन्त्रिपरिषदले धृष्टतावश प्राचीन समयदेखि चल्दैआएको दौरा सुरुवाल र टोपी पनि फाले । नेपालको सन्दर्भमा यो पोशाक शाहवंशको पुख्र्यौली पोशाक माओवादीले ठहर ग–यो । नेपाली संस्कृतिमा माओवादीले आफनो सोंच चिन्तन टांट पल्टेको सावित ग–यो । डा. वावुराम भट्टराईले राष्ट्रवाद मात्र नभई अन्धराष्ट्रवादको परिचय दिनेजस्तो गरि आफनो लागि नेपालमा निर्मित मुस्ताङ गाडीको प्रयोग ग–यो । यो गाडीको निर्माण विदेशमा निर्मित पार्टपुर्जाको असेम्वेलिङ गरेर भएको हो । आफनो मन्त्रिपरिषदको सदस्यहरुमध्ये कसैले पनि यो गाडीको प्रयोग गरेनन् । यस्तो प्रधानमन्त्रीवाट मुलुकलाई गाभ्ने कुरा पनि आयो । आफूलगायत सवै क्षेत्रका परिचित व्यक्तित्वहरुलाई विदेशीको गोटी भन्ने छाप लगाइदिए । त्यसवाहेक मुलुकको साँचो विदेशीको हातमा रहेको कुरा उदघोष गरे । यसरी सार्वभौमसत्ता सम्पन्न मुलुकलाई निर्लज्जतापूर्वक अराष्ट्रियपूर्वक यिनले दोहन गर्दैरहे । नैतिकताविहिन प्रतिपक्षलाई माओवादीले आफनो कुकृत्यमा सत्ताको दुरुपयोग गरि लोभ्याएर भ्रष्ट वनाउदै रहे ।

सामाजिक र आर्थिक भ्रष्टाचार निर्ममतापूर्वक खेपिरहेका नेपाली जनताले लोकतन्त्रमा राजनीतिक भ्रष्टाचार पनि खेप्नुपरेको छ । यसको एउटा कडी शक्तिशाली भनाउदाँ राजनीतिक दलहरुले वैचारिक रुपमा क्याच अल पार्टीको सिद्धान्त अनुसार नाउँ चलेका तथाकथित राष्ट्रिय उद्योगपतिहरु सम्पूर्णलाई देखाउनकै लागि भएपनि फरक फरक राजनीतिक दर्शन, सिद्धान्त र विचार वोकेका आफूहरुमा संविधानसभाको लागि वैधानिक सदस्य दिदै राख्दै गए । सामाजिक भ्रष्टाचारवाट मानिस समाजमा प्राप्त हुने सम्मानवाट वञ्चित हुनुपरेको हुन्छ । त्यसैगरि आर्थिक भ्रष्टाचारवाट देश टांट पल्टने गर्छ । तर, राजनीतिक भ्रष्टाचारवाट भने देशको सार्वभौम स्वरुप क्षय हुदैजान्छ र अन्त्यमा तत्कालीन निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दावी गरेझैं नागरिकता वितरणको दुरुपयोगवाट मुलुक फिजी हुनसक्छ । अनि यसवाट यस्तै अराष्ट्रिय धारको विकास हुदैगएमा नेपाल सिक्किम हुन कत्ति पनि वेर छैन । यसको लागि नागरिकता मात्र नभई अनेकन पूर्वाधारहरुको सिर्जना भइरहेको छ ।

   विदेशी चलखेलकै एउटा कडी संविधानसभाको विघटन पनि हो । ४ वर्षको अवधिमा संविधानसभाले मुलुकको १५ अरव रुपैयाँ खाएको थियो । यसवारे सही र सत्य निरुपणको वाटो तय नगर्ने होभने मुलुकमा डरलाग्दो हुनेगरि दण्डहीनताको वातावरण मौलाएर आउनेछ । त्यो दण्डहीनतालाई अघि बढ्न नदिन देहायवमोजिमको कदम उठाउदा जायज देखिन्छ ।

   १. रु १५ अरव पूर्वसभासदहरुवाट असूलउपर गर्ने,

   २. आउने कुनै पनि राष्ट्रियस्तरको चुनावमा एकपटकको लागि उमेदवार हुनवाट वञ्चित राख्ने, 

   ३. वन्दसूचिवाट समेत वञ्चित राख्ने,  

राज्यले माथि उल्लेख भएवमोजिम कार्य गर्न नसक्दा राष्ट्रघात झाँगिदै जानेछ ।

   राष्ट्रघातको एकपछि अर्को कदम विकसित हुदैजाने क्रममा वर्तमान प्रधानन्यायधीश खिलराज रेग्मीको काज सरुवा प्रधानमन्त्रीमा हुनु पनि हो । उहाँसँग सम्वन्धित धेरै कुराहरु छापामा आइसकेका छन् । त्यो सवैको निचोडमा उहाँ विदेशीकै दवावमा प्रधानमन्त्री वनाइनु भएको हो । यसको लागि देखाउने दाँतको रुपमा ४ दलले संयन्त्र तयार गरेर जिम्मेवारी वहन गरेको देखिन्छ । स्वतन्त्र व्यक्ति प्रधानमन्त्री वनाउने निहुँमा कहिंल्यै गाउँ विकासको वडाको चुनावमा पनि एकमतसम्म पनि प्राप्त गर्ने वातावरणमा नदेखिएका व्यक्तिहरु मन्त्रिपरिषदमा आएका होइनन् वरु जिन्दगीभरि कर्मचारीतन्त्रमा बसेका व्यक्तिहरु हुन् । यसले नेपालको वहुदलीय राजनीतिक भविष्य अन्धकारमा गएको छ ।

 

मगर माला आठौं भाग १२ चैत २०६९/मार्च २५, २०१३/ललितपुर, धोविघाट

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %