काठमाण्डौ, चैत्र १०
यरोजेली मूलुकका राजदुतहरुले आसन्न संविधानसभाको निर्वाचनको विषयमा चासो व्यक्त गरेका छन् । परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरेसँग आज भेट गर्दै राजदूतहरुले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । मन्त्री घिमिरेसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा डेलिगेशन अफ द युरोपियन युनियन टु नेपालका हेड अफ डेलिगेशन एम्बेसडर डा. अलेक्जेन्डर स्पाचिजले आफूहरु पनि निर्वाचनको लागी सहयोग गर्न तयार रहेको जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउँदा भने अन्तर्राष्ट्रिय मानवअधिकारको मान्यतालाई पनि ध्यान दिन राजदुतहरुले आग्रह गरेका छन् ।
