काठमाण्डौ, चैत्र १०, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले एकीकृत माओवादी अध्यक्ष नेतृत्वको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आबद्ध दलहरू एक भएर आगामी चुनावमा जान गाह्रो भएको बताउनुभएको छ । निवर्तमान सत्तारुढ गठबन्धनमा सहभागी दलका नेता समेत रहेका झाले आज धनगढी आयोजित पत्रकार सम्मेलनमा गठबन्धनमा बसेर चुनावमा जानसक्ने सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो । सबै मधेसीवादी दलहरू एउटै पार्टी भएर चुनावमा जानु उत्तम हुने र त्यसो हुन नसके संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एक भएर चुनावमा जानुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले बताउनुभयो ।
एक भएर चुनावमा जान गाह्रो–सद्भावना अध्यक्ष
Read Time:59 Second
