काठमाण्डौ, चैत्र ८, निर्वाचन आयोगले आगामी असारमा हुने चुनावका लागि फोटोसहितको मतदाता नामावली संकलनमा अफ्ठ्यारो पर्न थालेको जनाएको छ । मतदाता नामावली संकलनप्रति मतदाताले नै चासो नदेखाउँदा काम तिब्र रुपमा हुन नसकेको आयोग प्रवक्ता अनिल कुमार ठाकुरले बताउनु भयो । निर्वाचनबारे आज आयोगले गरेको कार्यक्रममा प्रवक्ता ठाकुरले मतदाता नामावली संकलनमा मतदाताहरुले चसो नदेखाउँदा निर्बाचनका लागी तय गरीएका अरु कार्यक्रम पनि अगाडि बढ्न नसकेको जानकारी दिनुभएको हो । असारमा हुने चुनावका लागि बैशाखको पहिलो सातामा मतदाताको अन्तिम सूची निकाल्ने तयारी आयोगको छ । चैत मसान्तसम्ममा १ करोड २५ लाख मतदाताको फोटो सहितको नामावलि दर्ता हुने आयोगको अनुमान छ । यद्यपी राजनैतिक दल र गृहमन्त्रालयले नागरीकता बितरणका लागी अभियान संचालन नगरेसम्म आयोगले तय गरेको योजना सफल हुने संभाबनाकम रहेका प्रवक्ता ठाकुरले बताउनु भयो ।
मतदाता नामावली संकलनमा समस्या
Read Time:1 Minute, 23 Second
