काग्रेसले चुनाव हार्दा देश र राष्ट्रर्ला घाटा : सुजाता कोईराला

Read Time:3 Minute, 20 Second

गोविन्द घर्ति

देवदह चैत्र ७, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न चुनावमा जानुको कुनै विकल्प रहेको नेपाली काग्रेसका केन्द्रीय सदस्य सुजाता कोईरालाले बताउनु भएको छ । उहाले विपी कोईरालाको मेलमिलापको नीति र गिरीजा प्रसाद कोईरालाको सहमति, सहकार्य र राष्ट्रिय एकताको नीति नेपालको लागि मार्ग निर्देशक भएको दावी गर्नु भयो ।

नेपाली काग्रेस रुपन्देही द्धारा रुपन्देहीको केरवानी–५ सूर्यपुरामा आयोजित गिरीजाप्रसाद कोईरालाको तेश्रो स्मृति सभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । सभालाई सम्वोधन गर्दै कोईरालाले काग्रेसले चुनाव हार्दा देश र राष्ट्रर्ला घाटा हुने भएको हुदा पार्टीको आदिकारीक उम्मेदवारलाई जिताउन पार्टी कार्यकर्ता एक भएर लाग्न आग्रह गर्नु भयो । प्रजातन्त्र, राष्ट्रियता र लोकतन्त्रको लागि माओवादी संग १२ बुँदे शान्ति सम्झौता गरेर गिरीजा प्रसाद कोईरालाले दुरदर्शिता देखाएको उहाले दावी गर्नु भयो ।

२०४० सालमा केरवानी–५ सूर्यपुरामा भएको कार्यक्रम माथि आक्रमण गर्दा यादव नाथ आलोक र रामप्रसाद चौधरीले शाहादत प्राप्त गरेको घरलाई संग्राहलय निर्माण गर्ने बचन वद्धता व्यक्त गर्नु भयो । सोही कार्यक्रममा बोल्दै शहीद पत्नि सिता लक्ष्मी न्यौपानेले पार्टी र राज्यले शहीद परिवार प्रति वेवास्ता गरेको बताउनु भयो । नेपाली काग्रेस जिल्ला समिति रुपन्देहीका सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पुर्वराज्य मन्त्री दुर्याेधन सिंह चौधरी, पुर्व सभासद सूर्यप्रसाद प्रधान, पुर्व सभापति रामचन्द्र ढकाल, जिल्ला सचिव हिरा बहादुर खत्री, जिल्ला सदस्य हरिध्वज मल्ल, शक्ति प्रशन्न गिरी, क्षेत्र नं १ क्षेत्रिय सभापति विश्वनाथ यादव, महासमिति सदस्य युवराज गिरी, महिला संघ रुपन्देहीका अध्यक्ष रमा अर्याल, महाधिवेशन प्रतिनिधि भगवती गैरे, जीवलाल पराजुली, एक बहादुर सुनार, जगत गिरी, युनिक अलि लगायतले बोल्दै लोकतन्त्रको लागि नेपाली काग्रेस सदैव प्रतिवद्ध भएर लाग्दै आएको बताएका थिए । उपसभापति मनोरमा शेरचनको स्वागत र सचिव रामकृष्ण खाँणको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %