प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाएको विरोधमा बारको विरोध

Read Time:2 Minute, 50 Second

काठमाण्डौ, चैत्र ६

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई राजीनामा नगराई चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनाएको विरोधमा आन्दोलित नेपाल बार एसोसिएसनले आज देशैभर विरोध सभा गरेको छ । न्यायपालिका र कार्यपालिकाको प्रमुख एउटै व्यक्ति हुनु असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै बारले आपत्ति जनाउँदै आएको छ ।

बारको केन्द्रिय कार्यालय रामशाहपथमा गरिएको विरोधसभामा कानून व्यवसायीहरुले तत्काल प्रधानन्यायाधीश पदबाट राजीनामा गर्न मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग आग्रह गरे । बारका अध्यक्ष हरिकृष्ण कार्कीले सरकार प्रमुख र न्यायपालिका प्रमुख एउटै व्यक्ति हुन नसक्ने भन्दै तत्काल राजीनामा दिन रेग्मीसँग आग्रह गर्नुभयो । आफू बसेको घरको थोरै पनि माया भए रेग्मीले प्रधानन्यायाधीशको पद छोड्नु पर्ने र भत्काउने कोशिस गर्न नहुने कार्कीको भनाइ थियो । मधेसी मोर्चासहित प्रमुख चारदलले संविधान विपरित काम गरेको भन्दै कार्कीले उनीहरुलाई संविधानको दायरामा आउन आग्रह गर्नुभयो ।

वारका पूर्व अध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीशविरुद्धको मुद्दाको पेशी सरिरहनु नै रेग्मीको न्यायालयमाथिको प्रभावको असली प्रमाण हो भन्नुभयो । यस्तो गतिविधि कुनै हालतमा स्वीकर्न नसकिने उहाँले प्रष्ट गर्नुभयो । वारका अर्का पूर्व अध्यक्ष शम्भु थापाले प्रधानन्यायाधीश सिंहदरबारमा बस्ने र उनको मातहतमा सेना, प्रहरी र राज्यको ढुकुटी नहुने भन्दै तत्काल प्रधानन्यायाधीश पदबाट राजीनामा दिन माग गर्नुभयो । कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रधानन्यायाधीश बनाउनुपर्ने उहाँले भनाइ छ ।

न्यायपालीका प्रमुख र कार्यपालीका प्रमुख एकै व्यक्ती हुन नसक्ने बताउदै आएको बारले प्रधानन्यायाधीशबाट रेग्मीले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %