काठमाण्डौ, चैत्र ६
चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित भएको बताउनुभएको छ । पशुपति दर्शनका लागि पाशुपत क्षेत्र पुग्नुभएका अध्यक्ष रेग्मीले पत्रकारहरुसँग निर्वाचनले नै देशमा अहिले देखिएको समस्या समाधान गर्ने बताउनुभयो ।
चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग उहाँले सहयोगका आग्रह गर्नुभयो । रेग्मीले केही दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पशुपतिनाथको पूजाअर्चना तथा दर्शनका लागि उहाँ श्रीमतीसहित मन्दिर पुग्नुभएको थियो । त्यसक्रममा उहाँले पशुपति क्षेत्रमा भइरहेका विकासका गतिविधिबारे पनि जानकारी लिनुभयो ।
