काठमाण्डौ,चैत्र ६
एमाले सचिव शंकर पोखरेलले सरकार चुनावका लागि बनेकाले सरकारविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा ल्याउने जिम्मेवारी पनि सरकारकै भएको बताउनु भएको छ । राजधानीमा गरिएको कार्यक्रममा सचिव पोखरेलले सरकारविरुद्ध आन्दोलनरत पक्षका माग र संवैधानिक र कानुनी व्यबस्थाबारे आवाज उठाइरहेका समुदायको यथोचित संबोधन नगर्दासम्म चुनाव हुन नसक्ने बताउनुभयो ।
जति छिटो संविधानसभाको निर्वाचन सफल हुन्छ त्यति नै छिटो वर्तमान सरकारको बिघटन हुने भएकाले सत्तामा बसिरहला कि भन्ने आशंका मेटाउन पनि तत्काल चुनावमा जुट्नुपर्ने उहाँको भनाई छ ।
