काठमाण्डौ, चैत्र ६
नेपाल निजामती कर्मचारी युनियनले आफुहरुको माग पुरा गर्ने गरी सरकारले प्रस्तुत अध्यादेश स्वीकृत नभए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कर्मचारी युनियनले राष्ट्रपति समक्ष रोकिएर रहेको अध्यादेश तत्काल स्वीकृत नगरे अव हुने निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले निजामति सेवा ऐन अनुसार दफा २४ घ को १ अनुसार वढुवा भएका र स्वास्थ्य सेवा ऐन अनुसार स्तरबृद्धि भै पदभार पाएका कर्मचारीहरुको बढुवा प्रणालीलाई व्यवस्थित गर्न माग गरे । उनीहरुले निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संसोधनको अध्यादेश राष्ट्रपतिकोमा रोकिको भन्दै तत्काल स्वीकृत नगरीए आन्दोलनमा जाने चेतावनी दिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले निजामती कर्मचारीको मागलाई सम्बोधन नगरी चुनावको सपना नदेख्न आग्रह गर्नु भयो । उहाँले आफ्ना मागलाई पुरा नगराई जोखिम मोलेर चुनावमा नजाने स्पष्ट पार्नु भयो । निजामती कर्मचारीको अध्यादेश पहिले जारी गरेर मात्रै चुनावको तयारी गर्न देवकोटाले सरकारलाइ आग्रह गर्नु भयो ।
