गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति–गृहमन्त्री घिमिरे

Read Time:1 Minute, 53 Second

काठमाण्डौ,चैत्र ६

गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेले पछिल्लो समयमा गरिबी न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको दावी गर्नुभएको छ । विश्व बैंकले नेपालमा ५० वर्ष पूरा गरेको अवसरमा भएको कार्यक्रममा उहाँले सन् २००७ मा ४३ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि रहेकोमा सन् २०११ मा २५ प्रतिशतमा झरेको जानकारी दिनुभयो ।

अस्थीर राजनीतिक अवस्थामा पनि विकास कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाइ थियो । उत्पादन क्षमताको अभिवृद्धि गर्दै दिगो विकास गर्न राज्यका अंगहरू जिम्मेवार रहेको भन्दै मन्त्री घिमिरेले सबै क्षेत्र एवं समुदायलाई समानरुपमा सेवा उपलब्ध गराउने बचन दिनुभयो । कार्यक्रममा मूख्य सचिव लीलामणि पौडेलले राजनीतिक अस्थिरता हुँदाहुँदै पनि समावेशी विकासमा राज्य प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले देशको ठूला पूर्वाधार विकासलाई राष्ट्रिय गौरवका आयोजनामार्फत तीव्र रुपमा अघि बढाइएको जानकारी दिनुभयो । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष इजाबेल गुइर्रेरियोले राजनीति अस्थिरता सम्बोधन गर्न गठित अन्तरिम सरकारलाई विश्व बैंकले सघाउने प्रतिबद्धता व्यक्त गर्दै सुशासन एवं पूर्वाधार विकासमा राज्यसँग सहकार्य गर्ने बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %