संयुक्त राज्य अमेरिकाले चुनावी परिषद्को अध्यक्ष खिलराज रेग्मीलाई बधाइ दिएको छ । नेपालको अन्तरिम परिषद गठन जस्तो जटिल एवं चुनौतीपूर्ण प्रक्रियामा सहमति भएकोमा दलहरुलाई समेत अमेरिकाले बधाइ दिएको हो ।
नेपालस्थित अमेरिकी दूताबासद्धारा जारी विज्ञप्तिमा चुनावी मन्त्रिपरिषद् गठनले नेपालको नयां संबिधान लेख्ने काम सम्पन्न हुने आशा समेत व्यत्त गरीएको छ । बिज्ञप्तिमा विगतका निर्बाचनमा झैं यसपटक पनि अमेरिकाले नेपाललाई निर्बाचनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यत्त गरीएको छ ।
तर
नेकपा–माओबादी लगायतका साना २२ दलले प्रधानन्याधीशको नेतृत्वमा गठन भएको सरकारको बिरोधमा कडा आन्दोलन गर्ने भएका छन् । आफुहरुको कुरा नसुनी प्रमुख चारदलले एकलौटि निर्णयबाट लोकतन्त्र ध्बस्त बनाउन खेजेको भन्दै कडा आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
नेकपा माओबादीको पार्टी कार्यलय बुद्धनगरमा आज बसेको उनीहरुको बैठकले प्रधानन्याधीश नेतृत्वको सरकारका बिरुद्धमा भोली आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेका छन । आन्तरीक छलफल गरेर भोलि पत्रकार संम्मेलन मार्फत चार दलीय सिण्डीकेटको बिरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने नेकपा माओवादीकी प्रबत्ता पमफा भुसालले जानकारी दिनुभयो ।
यसैगरि
विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व नभएका ४३ राजनीतिक दलहरुको मोर्चा सर्वदलीय राजनीतिक गठबन्धनले पनि प्रधानन्यायधिसको नेतृत्वमा गठन भएको चुनाबी सरकारको बिरोध गरेको छ । अन्तरिम संविधान २०६३ को औचित्य समाप्त पारेको दावी गर्दै मुलुक चार दलको अधिनायकबादी सिण्डिेकेटको बन्धक बनेको आरोप लगाएका छन् । ४३ दलको गठबन्धनले आज विज्ञप्ति निकालेर प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाएको बिरुद्ध कडा संघर्षमा उत्रने चेताबनी समेत दिएका छन् ।
यता अखिल छैठौं पाल्पाले राष्ट्रलाई अधिनायकबाद तर्फ लैजाने षडयन्त्र स्वरुप प्रधानन्यायधिश रेग्मीको नेतृत्वमा सरकार गठन भएको भन्दै विरोध जनाएको छ । उसले प्रधानन्यायधीश खिलराज रेग्मीले चुनावी मन्त्री परिषदको नेतृत्व गरेकोमा विरोध जनाउदै प्रमुख चार दलका नेताहरु पुस्पकमल दाहाल, शुसील कोइराला, झलनाथ खनाल, विजय कुमार गक्षदार सहित रेग्मीको पुत्ला दहन गरेको छ ।
