राम्रो काम गरेको बाबुरामको दाबी

Read Time:1 Minute, 45 Second

निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो १८ महिना र १८ दिनको कार्यकाल सफल भएको दाबी गर्नुभएको छ । उत्साहजनक रुपमा वितेको आफ्नो कार्यकालमा धेरै उपलब्धि मुलुक काम भएको उहाको भनाइ छ ।

बालुवाटारबाट बाहिरिए लगत्तै आज अपरान्ह आफ्नै निवास सानेपामा पत्रकार सम्मेलन गरी भट्टराईले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन त आफ्नो कार्यकालमा भएको सबैभन्दा उपलब्धीमुलक राजनीतिक सहमति भएको जिकिर गर्नुभयो । प्रधानन्यायाधीश नेतृत्वमा अन्तरिम चुनावी परिषद् गठन भएपनि राजनीतिको तालाचाबी भने दलहरुसँगै भएको उहाको भनाई छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो कार्यकालमा शान्ति प्रक्रियाको पूर्णता र सेना समायोजन टुंगोमा पुगेको बताउनुभयो । सत्य निरुपण तथा बेपत्ता खोजवीन आयोगमा सहमति जुटेकोमा पनि खुशी व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा सुशासनको विषयमा काम सुरु भएको र जनताका गुनासा सुन्न हेलो सरकार, जनतासँग प्रधानमन्त्रीजस्ता कार्यक्रम सुरु गरेको बताउनुभयो । ठूला लगानी भित्र्याउन बिप्पा लगायत सम्झौता गरेको, परराष्ट्र सम्बन्धमा नयाँ परिभाषा स्थापित गरेको जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %