नेपाल एक १ सय ७५ औ स्थानमा

Read Time:1 Minute, 15 Second

फिफाले सार्वजनिक गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थान तल झर्दै १ सय ७५ औ स्थानमा पुगेको छ । बिश्व फुटवलको नियमनकारी निकाय फिफाले आज सार्वजनिक गरेको नयां बिश्व बरियता क्रममा नेपाल ८५ अंक सहित १ सय ७५औ स्थानमा झरेको हो । यसअघि नेपाल १ सय ७४ औं स्थानमा थियो ।

नेपालसंगै फिजी पनि ८५ अंक सहित समान स्थानमा रहेको छ । फिजी भने ३ स्थान तल झदै १ सय ७५ औ स्थानमा पुगेको हो । अफगानिस्तान सार्क मुलुकको शीर्ष स्थानमा उक्लिएको छ । ४८ स्थान माथी आएको अफगानिस्तान १ सय ४१ औं स्थानमा छ । २४ स्थानमाथि उक्लिएको भारत १ सय ४३ औं स्थानमा छ भने यसअघिको बरियताक्रमलाई कायम राख्दै स्पेन शीर्ष स्थानमा रहेको छ । जर्मनी दोश्रो, अर्जेन्टिना तेश्रो, इङ्गल्याण्ड चोथौ  र इटली  पांचौ स्थानमा कायम रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %